नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन : सचिवमा नवराज लुइँटेल अगाडि

Jantedhunga

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी नेतृत्व चयनका लागि चुनावी माहोल तातिँदै जाँदा सचिव पदमा नवराज लुइँटेलको नाम बलियो दाबेदारका रूपमा अगाडि आएको छ। स्वतन्त्र व्यवसायीहरूको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद पाण्डे नेतृत्वको प्यानलमा सचिव पदका उम्मेदवार रहेका लुइँटेलले व्यवसायीहरूबीच व्यापक समर्थन प्राप्त गरिरहेका छन्।

संघमा लामो समयदेखि देखिएको विवाद, नेतृत्व संकट तथा वैदेशिक रोजगार क्षेत्रका विविध समस्याबीच अनुभवी र सक्रिय  युवा व्यवसायीको रूपमा परिचित लुइँटेलले सचिव पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्  । वैदेशिक रोजगार क्षेत्रका नीति, नियम तथा व्यवसायीहरूको हकहितका विषयमा निरन्तर आवाज उठाउँदै आएका लुइँटेल  व्यवसायीमाझ लोकप्रिय मानिन्छन्।

हालै आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद पाण्डेले वैदेशिक रोजगार व्यवसायको लागत शुल्कलाई पारदर्शी र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। पाण्डेको नेतृत्वमा रहेको प्यानलमा प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, महासचिवमा नुरप्रसाद मिया, सचिवमा नवराज लुइँटेल तथा कोषाध्यक्षमा विनिता कटुवाल  प्रतिस्पर्धामा रहेका छन्।

संघको नेतृत्वलाई व्यवसायीमैत्री, पारदर्शी र उत्तरदायी बनाउन आफू प्रतिबद्ध रहेको सचिव पदका प्रत्याशी लुइँटेलको भनाइ छ। उनले वैदेशिक रोजगार व्यवसायीहरूले भोगिरहेका प्रशासनिक झन्झट, लागत निर्धारणको अस्पष्टता तथा अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली व्यवसायीको प्रतिस्पर्धात्मक क्षमतालाई सुदृढ बनाउन विशेष पहल गर्ने बताएका छन्।

संघभित्र देखिएको नेतृत्व विवादका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष साधारणसभा गर्न निर्देशन दिएको थियो। अघिल्लो कार्यसमितिको कार्यकाल पुरा नहुँदै हुनलागेको  आगामी निर्वाचनलाई व्यवसायीहरूले चासोपूर्वक हेरिरहेका छन्।

वैदेशिक रोजगार क्षेत्रमा लामो अनुभव, व्यवसायीहरूसँगको निकट सम्बन्ध तथा संगठनात्मक क्षमताका कारण नवराज लुइँटेल सचिव पदका लागि बलियो दाबेदारका रूपमा स्थापित भएको व्यवसायीहरू बताउँछन्। आगामी निर्वाचनले संघको भावी दिशा तय गर्ने भएकाले लुइँटेलसहितको स्वतन्त्र व्यवसायी प्यानलप्रति व्यवसायीहरूको ध्यान केन्द्रित भएको देखिन्छ ।

व्यवसायीहरूको हकहित, पारदर्शी लागत शुल्क प्रणाली, श्रम बजारको विस्तार तथा संघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा उत्रिएका लुइँटेलले व्यवसायी हरुको सहयोग र सद्भावले सचिव पदमा विजयी हुने विश्वास व्यक्त गरेका छन्

Jantedhunga
प्रतिक्रिया