खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा ५२ वर्षीय हर्कु राई मृत अवस्थामा फेला परेका छन्। घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जना स्थानीय युवालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार बिहान गाउँमा शङ्कास्पद अवस्थामा फेला परेका राईको टाउकोसहित शरीरका विभिन्न भागमा चोटपटक देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राई बिहीबार साँझसम्म गाउँमा हिँडडुल गरिरहेको खुलेको छ। घटनाको वास्तविकता पत्ता लगाउन पाँच युवालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए।
मृतकका आफन्तले आरोपितविरुद्ध किटानी जाहेरी दिएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। राईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ लगिएको छ।
घटनाको कारण र संलग्न व्यक्तिबारे अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो