काठमाडौं । न्यायाधीश भुवन गिरीले आफुलाई वैवाहिक बलात्कार’ गरेको आरोप सहित न्यायाधीश पत्नीआरती गिरी लामो समयदेखि कानूनी संघर्ष गरीरहेकीमात्र छैनन् उनका श्रीमान भुबनबाट साँघातिक आक्रमण समेत खेपेकी छिन् । न्यायाधीश गिरी विरुद्धको मुद्दा सर्बोच्चमा अदालतमा चलिरहेको छ । तर उनले यतिलामो समय सम्म कुनै न्याय पपाएकी छैनन् । भुवन विरुद्ध उनकी जेठी पत्नीआरती रावल गिरीले वैवाहिक बलात्कारको मुद्दा दायर गरेर पेसी समेत तोकिएको छ तर मुद्दाको फैसला भएको छैन । बरु बिभिन्न बहानमा उनका पति भुबनले शक्तिका आडमा न्याय पन्छाई रहेको आरोप आरतीले लगाएकी छन । यसअघिको उनको मुद्दा जिल्लाअदालत काठमाडौंमा विचाराधीन छ । जिल्लाप्रहरी कपिललस्तुमा दिएको जाहेरीकाआधारमा प्रहरीले न्यायाधीश गिरीलाई केही समयअघि काठमाडौंबाट पक्राउ गरेको थियो । तर, काठमाडौं जिल्लाअदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्तआदेशविरुद्ध आरतीले उच्चअदालत ललितपुरमा पुनरावेदन गरेकि थिईन् । तर उच्चअदालतले पनिजिल्लाकै आदेश सदर गरेपछि आरती न्यायकोलागी सर्वोच्च मापुगेकी हुन ।आरतीले न्यायाधीश गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेकी छन् । आरती र भुवनको औपचारिक सम्बन्धविच्छेद भएको छैन । न्यायाधीश गिरीले बाँके जिल्लाअदालतमादायर गरेको सम्वन्धविच्छेदको मुद्दा अदालतमा विचाराधीन छ । सम्बन्ध विच्छेदकै प्रक्रियामाआफूलाई भुवनगिरीले बलात्कार गरेको भन्दै आरतीले मुद्दा दिएकी हुन ।सर्वोच्चले जिल्ला र उच्चको आदेश उल्टाइदिए गिरी थुनामामात्र जाँदैनन् जेल समेत पर्न सक्छन । तर उनले शक्तिको दुरुपयोग गरीरहेका हुनाले आरतीले मागेको न्याय पाउन भने निक्कै कठिन जस्तो देखिन्छ । यद्यपिआरतीले भुवनगिरीलाई थुनामा राख्ने आदेश नभएकोले अहिले पनिआमरण अनशन बसिरहेकी छन । आफ्नो मागको सम्बोधननभएको, अदालतले न्यायनदिएको भन्दैै केहि समय अघि आरतीले सर्वोच्च अदालत परिसर भित्रै पेट्रोल खन्याएर आत्मदाहको प्रयास समेत गरेकीथिइन् । तर उनलाई प्रहरीले सर्बोच्चगेटमै नियन्त्रणमा लिएको थियो । आरती अहिले न्यायकोलागी भन्दै काठमाडौको भृकुटीमण्डपमा आमरण अनसन बसीरहेकी छन । उनलाई न्यायभने कसले दिन्छ, कसरी दिन्छ यो भने प्रतिक्षाकै बिषय भएको न्याय अभियन्ताहरुले बताएका छन
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो