सुनसरी । सुनसरीको धरानमा सीटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१८ बुद्ध चोकस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो।
दुर्गा चोकबाट घोपातर्फ जाँदै गरेको प्र १–०२–००३ ह ८७२९ नम्बरको सीटी सफारीले शुक्रबार बिहान १०ः३० बजेतिर पैदलयात्री धरान–१६ का ५९ वर्षीय सुवास खड्कालाई ठक्कर दिएको थियो । अनियन्त्रित भएर सफारीले ठक्कर दिएपछि गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।
उपचारका क्रममा ११ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले सफारी र चालक संखुवासभा घर भइ धरान–९ मा बस्दै आएका २१ वर्षीय किरण खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
सीटी सफारीको ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Jantedhunga
saturday 15 feb 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो