जाजरकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

Jantedhunga

सुर्खेत । जाजरकोटमा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बारेकोट गाउँपालिका-३ बुढागाउँका भक्त बहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा रहेका छन् ।

बिहीबार दिउँसो ३ बजे गाई बस्तु चराउन गएको बेला स्याली खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया