डोटी ।डोटीमा एक महिलाको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शनिबार मृत्यु भएको हो।
नेपालीको मृत्युपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ गरेको छ। महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले मृतकका काका नाता पर्ने लाले नेपालीले प्रहरी चौकीमा जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Jantedhunga
sunday 05 jan 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो