काठमाडौ । बिगत ३१ बर्ष देखि नेपाली बजारमा विभिन्न व्यवसाय गर्दै आएको व्यापारिक घराना बज्र ग्रुप अन्तर्गत अटो ब्यापार गर्दै आएको ईभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन डे को अवसरमा बिशेश अफर ल्याएको छ। कम्पनीले निश्चित अवधि भित्र वुलिंग कारको खरिद गर्ने ग्राहकलाई सुनको हार र लेभ्निंग स्कुटर खरिदमा हिराको औठी उपहार दिने भएको छ।यो उपहार योजना सिमित अवधिको लागि लागु गरिने हुँदा योजना बाट फाइदा लिन ग्राहकलाई अनुरोध गरिएको छ।
वुलिंग गाडी काठमाडौको नक्साल र भैसेपाटीमा रहेको ईभी मोटर्सको शोरुम बाट र स्कुटर देशभरका मुख्यमुख्य सहरमा रहेको सोरुम हरु बाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ। ८ बर्षको वारेन्टी रहेको गाडी खरिदमा फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ। १२ वटा फरकफरक मोडलमा उपलब्ध लेभ्निंग स्कुटरको मुल्य १लाख १५ हजार बाट सुरु हुने र स्कुटरको खरिदमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज सुबिधा समेत रहेको छ।कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। बज्र ग्रुप नेपाली बजारमा सेनेटरि आइटम,मास्क, बाथरुम फिटिंग , अपार्टमेन्ट लगायत क्षेत्रमा परिचित ब्यापरिक घराना हो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो