धरान । सशस्त्र प्रहरी बलले सुनसरी जिल्लाको धरान उप–महानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट करिब १९० किलोग्राम गाँजा बरामद गरेको छ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ्ग गरी ल्याउँदै गरेको उक्त परिमाणको गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरानले बरामद गरेको हो।
जाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएका छन्। सोही कारलाई पछ्याउँदै आएको को ३५ प २०४५ नम्बरको मोटरसाईलकमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको छ।
बरामद गाँजा, कार, मोटरसाईकल र व्यक्तिलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ।
Jantedhunga
tuesday 17 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो