धनगढी। कैलालीमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन। जिल्लाको भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको बताएको छ।
बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ। चौधरीमाथि वन्यजन्तु अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ। नेपालमा वन्यजन्तुका अंगको अवैध व्यापार गैरकानुनी मानिन्छ।
Jantedhunga
friday 17 jan 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो