खोटाङ । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य बबि चाम्लिङ सहित २८ जना नेता तथा कार्यकर्ता आज एमालेमा फर्किएका छन् ।
एमालेको "घर फर्क राष्ट्रिय अभियान अन्तर्गत" कार्तिक २४ गते राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा देशभरका अन्य नेता कार्यकर्ता संगै चाम्लिङ सहित खोटाङका नेता कार्यकर्ता पनि एमालेमा फर्किएका हुन् । उनिहरुहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन।
चाम्लिङ एमाले जिल्ला कमिटी खोटाङका पूर्व अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख हुन् ।त्यसैगरी पार्टीकी केन्द्रीय सदस्य अम्बिका राई, खोटाङका सचिवाल सदस्यहरु तेजप्रसाद अधिकारी,अनुप राई,गोबिन्द्र बास्तोला, पकुप्रसाद राई लगायत नेता कार्यकर्ता काठमाडौ पुगेर पुनः एमालेमा फर्किएका छ्न।
Jantedhunga
monday 10 nov 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो