महेन्द्रोदयले उचाल्यो दिप्रुङ चुइचुम्माको प्रथम उपाधी।

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजित पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०८० को उपाधी महेन्द्रोदय मा.बि. डाँडागाउँले ६ स्वर्ण, ६ रजत, २ कास्य सहित प्रथम उपाधी हात पारेको छ।

गाउँपालिकाको आयोजनामा  शान्ती निकेतन मिनाकर्ण माध्यमिक बिध्यालयको खेलमैदानमा माघ १२  गतेबाट सुरु भएको प्रतियोगिता चार दिनमा माघ १५ गते  सम्पन्न भएको हो। माघ १२ गते पहिलो दिन शिक्षा शाखा संयोजक मणि कुमार गिरीको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको प्रमुख आथित्यमा राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक बिध्यालय छनौट प्रतियोगिता र शान्ती निकेतन मिनाकर्ण बिध्यालयको खेलमैदानमा नव निर्मित स्टेज उद्धघाटन भएको थियो।

उद्घाटन समारोहमा १४ माध्यमिक बिध्यालयहरुका शिक्षक, बिध्यार्थी, अभिभावक, जनप्रतिनिधि, बुद्दिजिवी, राजनितिक दलका प्रतिनिधि, कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिध्यालय निरीक्षक रणशेर तामाङले स्वागत मन्तब्य राखेका थिए भने प्र.अ.हरुको तर्फबाट जनसेवा मा.बि. दिहुँकि प्र.अ. कोपिला राई साथै वडा नं. १, २, ३, ४ र ५ नं. वडाका  वडाध्यक्षहरु क्रमश केशब खत्री, बद्री कटुवाल, भुपेन्द्र बस्नेत, वबेन्द्र राई र डम्बर बहादुर खड्का यसैगरी राजनीतिक तथा बुद्दिजिविहरुको तर्फबाट इन्द्र प्रसाद दंगाल लगाएत प्रमुख अथिती गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले शुभकामना मन्तब्य राखेका थिए।  

सोही दिन उद्धघाटन गरिएको नव निर्मित खेलमैदान स्टेज गत सालको सोही खेल मैदानमा आयोजित राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा शुभकामना मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष राईले स्टेजको समस्या देखेपछि आगामी साल गाउँपालिकाले स्टेज निर्माण गरिदिने र सोही स्टेजमा कार्यक्रम गर्ने भन्दै स्टेज निर्माण गर्ने वचन दिएका थिए। सोही घोषणालाई कार्यान्वयन गर्दै गाउँपालिकाले चालू आ.व.मा बजेट बिनियोजन गरि स्टेच निर्माण गरेको हो। शुभकामना मन्तब्य राख्दै अध्यक्ष राईले बिध्यालयहरुमा धेरै काम गर्न बाँकी छ र गर्नु छ भन्दै आफ्नो वचन पूरा गर्न स्टेच आफ्नो घोषणा अनुसार प्राथमिकताकामा राखेर निर्माण गरिएको बताएका थिए। 

अध्यक्ष राईले शिक्षक बिद्यार्थी केन्द्रित गरि आवाशीय बिध्यालय संचालन गर्ने आफ्नो अडान र दृष्टिकोण  दोहोर्याउदै घट्दो बिध्यार्थी संख्या, विषयगत शिक्षक अभाव र सामुदायिक बिध्यालयहरुको खस्किदो गुणस्तर जस्ता समस्या समाधानको उत्तम बिकल्प बिध्यालयहरु मर्च र आवासीय बिध्यालय संचालन नै भएको जिकिर गरे। "मखमली र सयपत्री फुल नचिन्ने अनि प्लाष्टिकको फुलमा बास्ना खोज्ने " भन्ने पुर्व राजा ज्ञानेन्द्र साहको भनाईलाई दृष्टान्तको रुपमा प्रस्तुत गर्दै शिक्षाका यावत समस्या समाधान गर्ने र स्थानीय सरकारले छोराछोरी पढाउने जिम्मा लिन्छौ भन्दा बिरोध गरेको भन्दै आफ्नो धारणामा फरक बिचार राख्नेहरुलाई ब्यंग्यात्मक जवाफ समेत दिएका थिए भने विभिन्न खेलमा सहभागी बिध्यार्थीहरुलाई देश, बिदेशका खेलाडीहरुको नाम सुनाउँदै खेलकुद प्रती आकर्षण बढाउन प्रेरित गरे। साथै आफ्ना गाउँपालिका भित्रका बिध्यार्थीहरुले खेल प्रतिभाको बिकाश गर्न चाहे त्यस्को आबश्यक प्रबन्ध मिलाउन आफू र स्थानीय सरकार सधैँ तयार भएको भन्दै आफ्नो गाउँपालिकाका खेलाडीहरु पालिका हुँदै जिल्ला, प्रदेश र सिङ्गो राष्ट्रमा समेत सहभागी भएको हेर्न चाहेको बताउँदै सबै खेलमा सहभागी खेलाडी बिध्यार्थीहरुलाई जितको अग्रिम शुभकामना दिएका थिए।  

प्रतियोगितामा ४, स्वर्ण ४ रजत, २ कास्यसहित शान्ती मा.बि. छोरम्बु दोश्रो र ३ स्वर्ण ४, रजत ३ कास्य सहित सरस्वती मा.बि. डाँडाखर्क तेश्रो भएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिए।प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो भएका विद्यालयहरुले कर सहित क्रमशः१५ हजार १२ हजारका र ९ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन्।

यसैगरी प्रतियोगितामा हाइजम छात्र तर्फ प्रथम सरस्वती मा.बि. डाँडाखर्कका रिजन राई, महेन्द्रोदय मा.बि. ओख्रेका प्रकाश सुनाम द्दितीय, शान्ती निकेतन मिनाकर्ण मा.बि. सापातेल तृतीय, छात्रा तर्फ शान्ती मा.बि. छोरम्बुकि रोसनी श्रेष्ठ प्रथम, कृष्ण मा.बि. टेम्माकि अर्पण राई द्दितीय र महेन्द्रोदय मा.बि. ओख्रेकी मनिसा दर्नाल तृतिय भएका छन। यसैगरी सर्ट्फुट छात्रतर्फ महेन्द्रोदय मा.बि. ओख्रेका रुपन राई प्रथम र सोही बिध्यालयका सबिन श्रेष्ठ द्दितीय,  सरस्वती मा.बि. डाँडाखर्क तृतीय भए भने छात्रा तर्फ याङ्सोला मा.बि. याङ्सोलाककी रोजिना राई प्रथम, जनता मा.बि. बतासेकि अन्जना बि.क. द्दितीय, धिप्लुङ मा.बि. सेम्माकी अस्मिता कार्की तृतीय साथै ज्याब्लिङ प्रतियोगिता  छात्र तर्फ सरस्वती मा.बि. डाँडाखर्कका सुजन खड्का प्रथम, कृष्ण मा. बि. टेम्माका देवन खत्री द्दितीय,        शान्ती निकेतन मिनाकर्ण मा.बि. सापातेलका जोनिस तामाङ र छात्रा तर्फ महेन्द्रोदय मा.बि.ओख्रेकि मनिता तामाङ, शान्ती मा.बि. छोरम्बुका पुस्पा राई द्दितीय, याङ्सोला मा.बि. याङ्सोलाकि रोजिना राई तृतिया भए।

१०० मिटर दौड प्रतियोगिताको छात्र तर्फ शान्ती निकेतन मिनाकर्ण मा.बि. का बेसिक भुजेल, सरस्वती मा.बि. डाँडाखर्कका सुशान्त खड्का द्दितीय, सरस्वती मा.बि. कुलागाउँका मिलन खड्का र छात्रा तर्फ सरस्वती मा.बि. कुलागाउँकी टिकामाया परियार प्रथम, कृष्ण मा.बि.टेम्माकि पबित्रा खड्का द्दितीय, राम्चे निकेतन मा.बि. इजाराकि कबिता परियार तृतीय भए। यसैगरी ४०० मिटर दौड प्रतियोगितामा छात्र तर्फ महेन्द्रोदय मा.बि.ओख्रेका रबिन बि.क. प्रथम, सरस्वती मा.बि. डाँडाखर्कका सुशान्त खड्का द्दितीय, शान्ती मा.बि. छोरम्बुका विशाल तामाङ तृतीय र छात्रा तर्फ कृष्ण मा.बि. टेम्माकि दयाकुमारी राई प्रथम,  शान्ती निकेतन मिनाकर्ण मा.बि. सापातेलकि बिस्पना तामाङ द्दितीय, याङ्सोला मा.बि.कि समीकप्र राई तृतीय भएका छन। साथै ८०० मिटर दौड प्रतियोगितामा छात्रतर्फ शान्ती निकेतन मिनाकर्ण मा.बि. सापातेलका बेसिक भुजेल प्रथम, शान्ती मा.बि. छोरम्बुका प्रबिन बस्नेत द्दितीय, महेन्द्रोदय मा.बि.याम्खाका राजकुमार श्रेष्ठ तृतीय, छात्रा तर्फ मिनाकर्ण मा.बि. सापातेल बिस्पाना तामाङ प्रथम, जनता मा.बि. बतासेकि आइस्मा राई द्दितीय, सरस्वती मा.बि. डाँडाखर्ककि खुसी राई तृतीय भए भने ३००० मिटर दौड प्रतियोगीतामा छात्र तर्फ यान्सोला मा.बि. याङ्सोलाका प्रजन राई प्रथम, धिप्लुङ मा.बि. धिप्लुङका सोनिहाङ राई द्दितीय, राम्चे निकेतन मा.बि. इजाराका सन्दिप बि.क. तृतीय र छात्रा तर्फ महेन्द्रोदय मा.बि.ओख्रेकि यसिका राई प्रथम, याङ्सोला मा.बि. याङ्सोलाका चन्द्रकला राई द्दितीय, शान्ती मा.बि. प्वालाकि युनिसा बुढाथोकी तृतीय भएका हुन। यसै गरि १०० मिटर रिले दौड प्रतियोगिता छात्र तर्फ जनता मा.बि. बतासे प्रथम, सरस्वती मा.बि. डाँडाखर्क द्दितीय, शान्ती निकेतन मिनाकर्ण मा.बि. सापातेल तृतीय र छात्रा तर्फ सरस्वती मा.बि. कुलागाउँ प्रथम, महेन्द्रोदय मा.बि. ओख्रे द्दितीय र कृष्ण मा.बि. टेम्मा तृतीय भएको हो। यस्तै कबडी प्रतियोगितामा छात्र तर्फ महेन्द्रोदय ओख्रे प्रथम, शान्ती मा.बि. छोरम्बु द्दितीय, कृष्ण मा.बि. टेम्मा र छात्रा तर्फ शान्ती मा.बि. छोरम्बु प्रथम, याङ्सोला मा.बि. याङ्सोला द्दितीय र सरस्वती मा.बि. डाँडागाउँ तृतिय भएका थिए।

४०० मिटर रिले दौड प्रतियोगितामा छात्रतर्फ जनता मा.बि. बतासे प्रथम,  महेन्द्रोदय मा.बि. ओख्रे द्दितीय, कृष्ण मा.बि. टेम्मा र छात्रा तर्फ महेन्द्रोदय मा.बि. ओख्रे प्रथम, जनता मा.बि. बतासे द्दितीय, सरस्वती मा.बि. कुलागाउँ तृतीय भए। भलिबल प्रतियोगितामा छात्रा तर्फ कृष्ण मा.बि. टेम्मा प्रथम, सरस्वती मा.बि. कुलागाउँ द्दितीय, धिप्लुङ मा.बि. सेम्मा तृतीय र छात्र तर्फ शान्ती मा.बि. छोरम्बु प्रथम, शान्ती निकेतन मिनाकर्ण मा.बि. सापातेल द्दितीय महेन्द्रोदय मा.बि. ओख्रे ले तृतिय स्थान हात पारेका छ। यसै तर्फ छात्र उत्कृष्ट शान्ती निकेतन मिनाकर्ण मा.बि.का सुजन बिसङ्खे, अनुशाशीत शान्ती मा.बि. छोरम्बुका अभिसेक बस्नेत र छात्रा तर्फ उत्कृष्ट कृष्ण मा.बि. टेम्माकी अर्पणा राई, अनुशासनमा सरस्वती मा.बि.कि टिकामाया परियार छनौट भएका हुन। लङजम्प प्रतियोगितामा छात्र तर्फ महेन्द्रोदय मा.बि. ओख्रेका जिपेश श्रेष्ठ प्रथम, सरस्वती मा.बि. डाँडाखर्कका रिजन राई  द्दितीय, शान्ती मा.बि. छोरम्बुका विशाल तामाङ तृतीय र छात्रा तर्फ सरस्वती मा.बि. कुलागाउँकी टिकामाया परियार, महेन्द्रोदय मा.ओख्रेकी मनिसा दर्नाल, याङसोला मा.बि. याङ्सोलाको सविना श्रेष्ठ तृतीय भए हुन। यसैगरी त्रिपल जम्प प्रतियोगितामा छात्रा तर्फ रोशनी श्रेष्ठ प्रथम, कृष्ण मा.बि. टेम्माकि अन्जना राई द्दितीय, याङ्सोला मा.बि. याङ्सोलाकि सबिना श्रेष्ठ तृतीय  भएका थिए। दुई दिनका लागि शुरु गरेको पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता चार दिन पछि आज पन्ध्र गते समापन भएको हो। विभिन्न  बिधाका छात्रा/छात्र तर्फका २६ कार्यक्रम संचालन भएको र चिसो मौसम भएका कारण बिहान अबेरबाट कार्यक्रम संचालन भएको हुँदा समय अभावले कार्यक्रम चार दिनसम्म संचालन भएको बिध्यालय निरीक्षक तुलसी कुमार खड्काले जानकारी दिए। समापन तथा पुरस्कार कार्यक्रममा कार्यक्रम अवधीभर विभिन्न बिधाका खेलहरुमा अम्पायरको भुमिकामा निर्वाह गर्ने अम्पायरहरुलाई सम्मानपत्र मार्फत गाउँपालिकाले सम्मान गरेको छ।  

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि संघीय सरकारले सशर्त बजेट एक लाख प्रत्येक गाउँपालिकामा दिइदै आइएको छ। यस बजेटमा गाउँपालिकाहरुले थप गरि कार्यक्रम संचालन गर्दै आएका  आएका छन। यस प्रतियोगिता अन्तर्गत स्थानीय तह, जिल्ला र प्रदेशस्तरीय आयोजना हुँदै आइरहेको छ। प्राप्त बजेटमा गाउँपालिकाले थप बजेट ब्यबस्थापन गरि महत्वका साथ प्रत्येक बर्ष रास्ट्रपति रनिङ शिल्ड संचालन गरिरहेको र आगामी बर्षहरुमा समेत थप प्रभावकारी बनाउँदै लगिने र खेलकुद सम्झिदा दिप्रुङ चुइचुम्मा गाउँपालिका सम्झिने गरी खेलकुद बिकाश गर्ने बताए।


 


Jantedhunga
प्रतिक्रिया