रावाबेशी गाउँपालिकाका कार्यालय सहयोगी मृत भेटिए

Jantedhunga

दिक्तेल । खोटाङ जिल्लाको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी  मृत भेटिएका छन् ।                            कुभिण्डे निवासी ५७ वर्षीय महेश  रेग्मी घर नजिकै रहेको  गोरेटो बाटोबाट करिब ८/९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएका हुन।

उनी रातको समयमा  गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया