असोज १४, खोटाङ ।
खोटाङको बराहपोखरी गाउँ पालिका वडा नम्बर १ स्थित बराहपोखरीमा पाक्षिक हाट बजार लाग्ने भएको छ ।
प्रत्येक महिनाको १ र १५ गते बजार लाग्ने बजार व्यवस्थापन समितिका अध्यक्ष प्रवीण राईले सामाजिक संजाल मार्फत सूचना प्रकाशित गरि जानकारी गराएका छन् ।
विक्रम संवत् २०८० साल असोज ४ गते स्थानीय बुद्धिजीवी, समाजसेवी लगायत सर्व दलीय र सर्व पक्षीय रुपमा बसेको बैठकद्वारा सो निर्णय गरिएको थियो ।
उक्त निर्णय कार्यान्वयन गर्दै यहि मिति २०८० असोज १५ गते सोमबार बाट बजारको शुभारम्भ हुने भएको छ । बजारमा स्थानीय कृषकहरु द्वारा उत्पादित विभिन्न सामग्री एवं खाद्य वस्तुहरु बिक्रीवितरण गरिने भएको छ ।
बजार व्यवस्थापन भए संगै स्थानीयबासीले उत्पादन गरेका हरेक चिजबिज बिक्रीवितरण गर्न सहज हुनका साथै विभिन्न सरकारी निकायमा कार्यरत कर्मचारी तथा त्यहाँ स्थित धार्मिक पर्यटकको रुपमा आउने महानुभावहरुलाई समेत सहज हुने भएको छ ।
बराहपोखरी नेपाल सरकारको १०० गन्तव्य स्थल मध्ये पर्न सफल आफैंमा एक सु-प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको सर्व विदितै छ भने उक्त पुण्य भूमिमा प्रत्येक वर्ष हरिबोधनी एकादशीको दिन विशेष धार्मिक मेला लाग्ने परम्परा रहिआएको छ ।
बजार सम्बन्धि जारी गरिएको विशेष सूचना !
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो