जन्तेढुंगा संवाददाता
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामतसहित ६ जन पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले ८० देखि १०० किलोसम्मको सुन बरामत गरेको
छ । सुन तस्करीमा संलग्न मध्ये ६ जना पक्राउ परेका विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । बुधबार साँझ पनि सोही विमानस्थलबाट ठूलो परिणाम सुन विभागले बरामत गरेको हो ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ पनि गरिएको छ ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए । उनले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने पनि उनले बताए ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो