लागु औषधसहित दुईजना पक्राउ

Jantedhunga

धनगढी। कैलालीको धनगढीबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट गोदावरी नगरपालिका–१० बस्ने २१ वर्षीय विवश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने २५ वर्षीय धिरज राना लागूऔषधसहित बुधवार पक्राउ परेका हुन्। यी दुबै जनालाई ६३०मिलिग्राम  लागु औषध खैरो हिरोईसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Jantedhunga
प्रतिक्रिया