नेपाल लोकतान्त्रिक थारु संघ को कोशि प्रदेश भेला सम्पन्न।

Jantedhunga
सुनसरी। दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता लाइ परास्त गरौ, जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौ, भन्ने मुल नारा सहित लोकतान्त्रिक थारु संघ को प्रथम कोशि प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम गढदेब धार्मिक बन को सभाहल सुनसरी मा सम्पन्न भएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य बैजनाथ चौधरी को प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा एमाले नेतृ द्वय मन्जु चौधरी, भगवती चौधरी प्रदेश सभा सदश्य ललिता चौधरी, रोहित कार्की संघ का केन्द्रीय अध्यक्ष लिलामणि चौधरी,महासचिब खुशिराम चौधरी सचिब बैजनाथ चौधरी लगायत थारु अगुवाहरुको उपस्थिति रहेको थियो। कार्यक्रम का बक्ता हरुले देशको चौथो जनसङ्ख्या  रहेको थारु समुदाय राज्यको मुलधारबाट सधै टाडा रहेको र राज्यले हेर्ने दृस्टिकोण समेत सकरात्मक नहेरको भन्दै अधिकार प्राप्तिको लागि एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। देशमा ६ प्रतिसत भन्दा भन्दा बढि जनसङ्ख्या रहेको थारु समुदाय लाइ राज्यको हरेक छेत्रमा समानुमातिक आरक्षण को ब्यवस्था हुनुपर्ने उनिहरुको धारणा थियो। देशको मेचि देखि महाकालि सम्मका २० जिल्लाहरु मा थारु समुदायको बाहुल्यता रहेको छ। ब्राह्मण ,छेत्री र मगर पछि थारुहरु को जनसङ्ख्या चौथो नम्बरमा रहेको छ भने नेपालमा बोलिने भाषा मध्य नेपाली, मैथलि र भोजपुरी पछि चौथो नम्बरमा बोलिने भषा थारु भाषा हो।

Jantedhunga
प्रतिक्रिया