झापा र मोरङबाट लागू औषध सहित तीनजना पक्राउ

Jantedhunga

बिराटनगर ।झापा र मोरङबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।                            मंसिर १४ गते दिउँसो  इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका -६ मा  को.१२ प ४५७३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका-१ घर भई हाल इटहरी-१९ मा बस्दै आएका २८ बर्षीय जिवन कामीको साथबाट ब्राउन सुगर ३ ग्राम फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-१ बाट प्रतिबन्धित औषधी ट्रमाडोल ९२ चक्की सहित झापा दमक-७ का सिबु लिम्बु र मनिष लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया