सुनसरी र मोरङ जिल्लाबाट लागू औषध सहित ३ जना पक्राउ

Jantedhunga

बिराटनगर । सुनसरी र मोरङ जिल्लाको अलगअलग स्थानबाट लागू औषध सहित  ३ जना पक्राउ परेका छन ।                                                                                  बैशाख २ गते मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले चेकजाँचको क्रममा विराटनगर-१५ बाट  २० ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित काठमाडौं महानगरपालिका-२६ का सयल थापा मगरलाई नियन्त्रणमा लिएको छ ।                                यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ बाट  उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का राज राई र खुसे राईलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल १ हजार ६१० क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन १ हजार ६०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।                                                        इलाका प्रहरी कार्यालय हरिनगराबाट  खटिएको प्रहरी टोलिले इनरुवा नगरपालिका- १० स्थित सडक छेउमा रोकी राखेको को. १ च ३६११ नम्बरको कारबाट १५ किलो ६०० ग्राम गाँजा बरामद गरे संगै नियन्त्रणमा लिएको छ ।            पक्राउ परेका आरोपित हरु लाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया