केशव दाहाल
विराटनगर । मोरङ कारागारमा चौकिदार हुँदा कैदीबन्दीमाथि चरम यातना र अवैध असुलीका कारण पटक पटक विवादमा आएका गुण्डा नाइके अभिषेक गिरी जेल मुक्त भएपछि पनि कारागारमा आफ्नो साभ्राज्य बिस्तार र असुलीमा लागेका छन् ।
‘धन देख्दा महादेवका तीन नेत्र’ भने झै गिरीलाई पूर्व जनमोर्चा पुष्ठभूमिका नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले साथ दिएको बुझिएको छ । २ वटा ब्लकमा गरेर २ हजार भन्दा बढी कैदीबन्दी रहने सुनसरीको झुम्का कारागार, १ हजार भन्दा बढी कैदीबन्दी भएको मोरङ र झापा कारागारसहित कोशी प्रदेशका १४ वटै जिल्लामा १÷१ वटा कारागार रहेका छन् ।
कारागारहरुको आन्तरिक व्यवस्थापनमा सहयोग गर्न कैदीहरुमध्येबाट चौकीदार नाइके र सहनाइके नियुक्ति गर्ने व्यवस्था नियमावली २०२० (पन्ध्रौ संशोधन) नियमावली २०७९ ले गरेको छ । तर चौकिदार नियुक्त गर्दा जेल प्रशासन, जिल्ला प्रशासन कार्यालय, कारागार व्यवस्था विभाग, गृहमन्त्रालय र कतिपय अवस्थामा गृहमन्त्रीलाई समेत प्रभावमा पारी दल निकट डन र गुण्डाहरुले आफू निकट व्यक्तिहरुलाई चौकिदार बनाउने गरेका छन् । यसरी नियुक्त भएका चौकिदारहरुले सुरुमै कारागार हेरी १० लाख देखि ५० लाखसम्म रकम बुझाउने र मासिक रुपमा समेत निश्चित रकम विभिन्न ठाउँमा बुझाउँदै आएको बताइन्छ ।
कारागार व्यवस्था नियमावली अनुसार चौकिदार नियुक्तीका लागि विभिन्न आधारहरुमा तय गरिएको भए पनि यस पटक भने कोशी प्रदेशका १४ वटै कारागारहरुमा अभिषेक गिरीको सिफारिसमा चौकिदार नियुक्ती गर्ने सर्तमा एक माओवादी नेताले १ करोड रुपैयाँ बुझेको र यस विषयमा गृहमन्त्रीको निजी सचिवालयसमेत जानकार रहेको गृहमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो