विराटनगर : कोशी प्रदेशमा लगातार ४ दिन सार्वजनिक बिदा परेको छ। आगामी बिहीबारदेखि आइतबारसम्म बिदा परेको हो। तिहारको ५ दिन लामो बिदा सोमबार मात्रै सकिएको छ। मंगलबारदेखि सरकारी कार्यालयहरू खुलेका छन्। मंगलबार र बुधबार २ दिन कार्यालय खुल्ने छन्। सार्वजनिक बिदाका कारण बिहीबारदेखि आइतबारसम्म बन्द रहने छन्।
छठ पर्व मनाउनका लागि सरकारले २ दिन सार्वजनिक बिदा दिएको छ। छठका लागि संघीय सरकारले बिहीबार बिदा दिएको छ। कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशका १४ वटै जिल्लामा छठ समापनको बिदा दिएको हो। सूर्यदेवको उपासना गर्दै ४ दिनसम्म मनाइने छठ शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिने छ।
मंगलबारदेखि छठ सुरु भएको छ। पहिलो दिन नहाय खाय मनाइएको छ। दोस्रो दिन अर्थात बुधबार खरना पर्व मनाइन्छ। तेस्रो दिन बिहीबार छठको मुख्य दिन हो। तेस्रो दिन अस्ताउँदो सूर्यलाई जलाशय किनारबाट अर्घ दिने परम्परा छ। अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् रूपमा समापन हुने छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो