डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवक पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार बेलुकी चेकजाँच गर्दा पसल सञ्चालक नवदुर्गा गाउँपालिका–१ बस्ने २४ वर्षीय सागर सिजापति र त्यही ठाउँका २१ वर्षीय डार्बिन रावललाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट करिब ९० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको छ।
Jantedhunga
tuesday 19 aug 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो