स्कुलको होस्टेलमा झुन्डिएर १४ वर्षीया वालिकाले गरिन आत्महत्या

Jantedhunga

चितवन, १२ फागुन । रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा एक छात्राले आत्महत्या गरेकी छन् ।      जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा आठमा अध्ययनरत १४ वर्षिया सालिन पोख्रेलले आत्महत्या गरेकी हुन् ।

शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टेल कोठामा रहेको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी कार्यालयका डीएसपी एवम् प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

रत्ननगर–१५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्दै आइरहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Jantedhunga
प्रतिक्रिया