२० भदौ खोटाङ । जिल्ला समन्वय समिति खोटाङको आयोजनामा आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा कार्यक्रम आज बाट शुरु भएको छ ।
जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आरम्भ भएको उक्त कार्यक्रम भदौ २० र २१ गते दुईदिन सम्म चल्ने बताइएको छ ।
खोटाङमा रहेको दश वटै स्थानीय तह र जिल्ला स्थित संघ र प्रदेश मातहतका सम्पूर्ण कार्यालयहरुले आ-आफ्नो प्रतिवेदन पेश गर्ने आयोजकले जनाएको छ ।
आज भएको पहिलो दिनको कार्यक्रममा संघ र प्रदेश अन्तर्गतका १३ वटा कार्यालयहरुले प्रतिवेदन पेश गरेका छन् भने भोलि हुने कार्यक्रममा बाँकी कार्यालय र स्थानीय तहहरु बाट प्रतिवेदन पेश हुने जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले सामाजिक संजाल मार्फत जानकारी दिनु भएको छ ।
आजको कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षता र संविधान सभाका सदस्य दुर्गा जयन्ती राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने सो कार्यक्रम भोलि भदौ २१ गते सम्म संचालन हुने बताइएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो