खोटाङ। जिल्ला हुलाक कार्यालय खोटाङका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको हत्या भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई हाल बालकोट बस्दै आएका कुलप्रसाद आचार्य र प्रविन आचार्य हत्या गरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद केही दिन अघि मात्र छोराहरू भेट्न दिक्तेलबाट भक्तपुर गएको बताइएको छ
बाहिरबाट चाबी लगाएको अवस्थामा सोमबार शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको अवस्थामा उनीहरुको शव भेटिएको हो। संगै बस्दै आएका कुलप्रसादका जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन । प्रहरीले उनको खोजी संगै थप अनुसन्धान गरिरहेको जनाएको छ।
Jantedhunga
monday 23 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो