निजामती कर्मचारी र शिक्षक बीच राज्यले गरेको विभेद बारे सामाजिक सञ्जालमा केही बुँदाहरु आएका छन् । जसलाई शिक्षक मित्रहरुले व्यापकरुपमा शेयर गरिरहनु भएको छ ।
अब शिक्षक भएर निजामती कर्मचारीभन्दा बढी अवसर/सहुलियत पाएको विषयलाई पनि हेरौं/पढौं है ।
१) परीक्षा विदा वर्षमा २ पटक कम्तिमा २ दिनको हिसाबले ४ दिन, हिउँदे र वर्षे बिदा कम्तिमा १५-१५ दिन गरि ३० दिन शिक्षकहरुले पाउनु हुन्छ, जुन विदा निजामती कर्मचारीले पाउनु हुन्न ।
२) दसैं र तिहारमा निजामती कर्मचारीले भन्दा धेरै बिदा शिक्षकहरुले पाउनु हुन्छ । दसैंमा जमरे औंसीबाट क्रोजागत पूर्णीमासम्म र तिहारमा काग तिहारदेखी भाइटीकाको दिनसम्म स्कुल विदा दिइने गरिन्छ । तर कर्मचारीको हकमा दसैंमा फुलपाती देखि एकादसीको दिनसम्म मात्र र तिहारमा गाइतिहार देखि भाइटीकाको दिनसम्म मात्र बिदा हुन्छ । यति महत्त्वपूर्ण चाडमा धेरै विदा पाउनु शिक्षकको लागि अतिरिक्त सुविधा नै हो ।
३) निजामती कर्मचारीहरुको सरुवा १/२ वर्षको अन्तरमा भइनै रहेको हुन्छ । कर्मचारीलाई घर पायक भन्ने कुरै हुँदैन । तर शिक्षकको हकमा घर पायक पहिलो सर्त हुन्छ । लामो समयसम्म घर पायकको विद्यालयमा अध्यापन गराउन पाउनु शिक्षकको लागि थप सुविधा हो ।
४) घर पायकमा जागीर हुँदा विहान बेलुकी घरको काममा सहयोग गर्न र परिवारसँग सँगै बस्न पाइन्छ । जुन अवसर निजामती कर्मचारीको हकमा कहिलेकाहीँ जुर्छ तर शिक्षकको हकमा केहीलाई छोडेर अधिकांशलाई यो अवसर प्राप्त भैरहेको छ ।
५) घर पायक जागीर हुँदा गाउँमा हुने पर्व, उत्सव, विवाह, मृत्यु संस्कार आदिमा सहभागी हुन सकिन्छ । जुन अवसर निजामती कर्मचारीलाई भन्दा शिक्षकलाई बढी प्राप्त हुन्छ ।
६) समाजमा बढी घुलमिल हुन पाउने शिक्षकहरु अवकासपछि सोझै सामाजिक काममा सक्रिय हुन पाउँछन् । स्थानीय तहहरुमा धेरै पूर्व शिक्षकहरु निर्वाचित हुनुको कारण त्यही हो । निजामती कर्मचारीको हकमा कमै देखिन्छ ।
७) समाजमा निजामती कर्मचारीहरु निरंकुश र भ्रष्ट हुन्छन् भन्ने मनोविज्ञान सघन छ । तर शिक्षकको हकमा सहयोगी र मिलनसार हुन्छन् भन्ने मनोविज्ञान छ । जसको कारण निजामती कर्मचारीसँग आम मानिसहरु तर्किने र शिक्षकहरुसँग नजिकिने गर्छन् । समाजमा यति ठूलो सम्मान पाउनु शिक्षकको लागि पैसामा दाँज्न सकिने विषय होइन ।
त्यसैले निजामती कर्मचारीले लिने दैनिक भ्रमण भत्ता वा अतिरिक्त आम्दानीलाई हेरेर आफूलाई सानो नठानौं ।
अपितु:
स्थानीय तह अन्तर्गत रहेका गाउँपालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतहरु छैटौं वा सातौं तहका हुन्छन् । नयाँ आउँदै गरेको शिक्षा विधेयकमा माध्यामिक तहको शिक्षक हुन स्नातकोत्तर सरह हुन प्रस्ताव गरिएको छ ।
यदि यसो भयो भने अधिकृतको निर्देशनमा उपसचिवले काम गर्नु पर्ने हुन्छ । यो न्यायोचित हुँदैन । त्यसैले स्थानीय तहमा उपसचिव स्तरको प्रमुख प्रशासकीय पठाउने निर्णयलाई तुरुन्तै कार्यान्वयनमा ल्याउनु पर्छ ।
खोटेहाङ ६, इन्द्रेणी पोखरी, खोटाङ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो