दुहवी नगरपालिकाले मनायो संविधान दिवस २०८०

Jantedhunga

जन्तेढुंगा संवाददाता

दुहवी (सुनसरी) । सुनसरीको दुहवी नगरपालिकाले संविधान दिवसको पावन अवसरमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ । 

दुहवीस्थित नगरपालिका परिसरमा आयोजित सो कार्यक्रमको प्रमुख आतिथ्यतता नगरप्रमुख वेदनारायण गच्छदारले गरेका थिए । नगरपालिका उपप्रमुख मेनुका पोखरेल खतिवडासहित विभिन्न सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

नेपालको संविधानले दिएको अधिकारको प्रयोग गर्दैगर्दा हामीले जनतालाई दिनु पर्ने सेवा सुविधा कतिको दिएका छौं भन्नेमा सबै सचेत रहनु पर्ने दुहवी नगरपालिकाका नगरप्रमुख बेद नारायण गच्छदारले बताए । उनले भने– जनताले पाउने सेवा सुविधा यो संविधान दिएको अधिकार क्षेत्रभित्रबाट हो भन्ने अनुभूति हामीले गराउन सक्यौ भने मात्र संविधान कार्यान्वयन भएको अनुभूति सबैतिरबाट हुनसक्छ । नगरप्रमुख गच्छदारले भने– आज पनि संविधान विरुद्ध कहिँ कतैबाट विरोध आइरहेको छ भने त्यो राज्य संयन्त्र सबैका लागि चुनौति रहेको समेत औंल्याए । उनले भने – भने हामीले जनताको घरघरमा गएर संविधानको धारा र उपधारा केलाएर बताईरहन पर्दैन तर त्यो संविधान के छ भन्ने कुरा हामीले जनतालाई दिएको सेवा र हामीले गरेको कर्मबाट प्रतिविम्बित हुनेछ । जनतालाई दिएने सेवामा बेइमान वा ढिलासुस्ती ग¥र्यो, उनीहरुले खोजेका उत्तर दिन सकेनांैं भने हामी त्यही नेर फेल्लीयोर भएको बुझ्न कठिन नहुने समेत गच्छदारले बताए । 

Jantedhunga
प्रतिक्रिया