बालोदयमा देउसी भैलो, एक लाख एकासी हजार छ सय पन्चानब्बे रुपैया दक्षिणा संकलन ।

Jantedhunga

कार्तिक २७, खोटाङ ।

खोटाङको जन्तेढुंगा ५ स्थित बालोदय आधारभूत विद्यालयमा तिहार विशेष शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । 

यम पञ्चकको दोस्रो दिन २६ गते आइतबार जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणा देवी राई द्वारा तामाको दियोमा बत्ती बाल्नुका साथै ब्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

विद्यालय स्थापनाको पचासौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा स्वर्ण जयन्ती मनाउने मूल उद्देश्यका साथ आर्थिक सहयोग संकलनका निम्ति कार्यक्रमको आयोजना गरिएको विद्यालय स्रोतले जनाएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले विद्यालय स्थापना कालदेखिका ऐतिहासिक पृष्ठभुमिका विषयमा चर्चा गरेका थिए । उपाध्यक्ष खड्का सोही विद्यालयका पूर्व विद्यार्थी हुनुका साथै निमावि तह संचालनको सुरुवाती चरणको क्रमका एक वर्ष सम्म निशुल्क अध्यापन गराएका स्वयंसेवक शिक्षक पनि हुन् ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङले आफूले अक्षराम्भ गरेको, कखरा चिनेको र बाह्र खरी पढेको विद्यालयले स्वर्ण जयन्ती मनाउन लागेको प्रति खुसी व्यक्त गर्दै गर्वले छाती फुकेको बताएका छन् । उनले सन्निकट हुन गइरहेको विद्यालयको स्वर्ण महोत्सव र विद्यालयको समग्र उन्नयन र बालबालिकाको उज्यालो भविष्यको निम्ति तन, मन, वचन र कर्मले आफूले सकेको सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा जन्तेढुंगा गाउँ कार्य पालिकाकी प्रवक्ता ध्रुव विक, भाषा माविका प्रधानाध्यापक राजु खड्का, कांग्रेस जन्तेढुंगाका सभापति बाजिन्द्र बिष्ट, नेपाल शिक्षक संघ जन्तेढुंगाका अध्यक्ष भूपराज सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा परम्परागत तिहारमा प्रदर्शन गरिने तर प्रायःजसो लोप हुनै लागेको मारुती नृत्य पनि प्रस्तुत गरिएको थियो भने विद्यालयका विद्यार्थीहरूले थुप्रै रमाइला सांगीतिक खुराकहरुले भरपुर मनोरञ्जन पस्केका थिए ।

स्वर्ण जयन्ती मनाउने उद्देश्यका साथ आयोजित देउसी भैलोमा जम्मा १५६ जना बाट दक्षिणा स्वरुप रु. १८१६९५ अक्षरेपि एक लाख एकासी हजार छ सय पन्चानब्बे रुपैयाँ संकलन भएको छ ।

प्रस्तुत छ संकलित रकमको विवरण:-

मणिराम कोइराला (प्रधानाध्यापक)१०११०, श्यामसुन्दर कार्की (शिक्षक) १०००५, ईश्वर अधिकारी (Vice President, American Medical Device Company, head of Asia Quality Operations in Shanghai China) १००००, डिल्ली प्रसाद / बालकुमारी (मातापिता तारानाथ भट्टराई शिक्षक चिसापानी मावि) ७०००, मोहन सुप्तिहाङ (जिल्ला समन्वय समिति सदस्य खोटाङ) ५५५५, दिनेश खत्री (यातायात व्यवसायी) ५१००, गोमा बस्नेत (शिक्षक) ५०००, डिक बहादुर थापा (शिक्षक) ५०००, सन्तोष विक (शिक्षक) ५०००, सुवास तामाङ (शिक्षक) ५०००, विमल तामाङ (शिक्षक) ५०००, अमृता राई (शिक्षक) ५०००, कपिलराज घिमिरे (शिक्षक) ५०००, भुवन/सुमन खड्का ३५००, भूपराज सापकोटा २००५, वासुदेव राई २००५, बाजिन्द्र बिष्ट  २०००, विज्ञान राई २०००, मिलन राई २०००, दिल कुमारी राई २०००, चन्द्र कुमारी कार्की २०००, दिनेश कार्की २०००, शेरबहादुर खड्का १५०५, तिर्थ खड्का १२००, अरुणा देवी राई ११५५, प्रसाद राई ११५५, खेम खड्का ११५०, नीर बहादुर तामाङ ११०५, देवराज बस्नेत ११००, अम्बिका खड्का ११००, रमेश तामाङ ११००, लेखनाथ भट्टराई ११००, गणेशबहादुर खड्का ११००, गोविन्द बहादुर लामा ११००, देवीका खड्का १०५५, मिना कुमारी खड्का १०५५, जीत बहादुर कार्की १०५५, वीरबहादुर बस्नेत १०५०, मनकला राई १०५०, ईन्द्रबहादुर कार्की १०५०, मेघबहादुर तामाङ १०५०, सुशील राई (अमित) १०१०, हर्कबहादुर राउत १०१०, गोपाल खत्री १०१०, कर्णबहादुर तामाङ १०१०, राजन खत्री १०१०, उषा खड्का १०१०, तिलक बस्नेत १०१०, कला राई १००५, शम्भुदेव राई १००५, तारा कोइराला १००५, कर्णबहादुर खत्री १००५, अशोक विक १००५, भुवन कार्की १००५, डिल्लीबजार कार्की १००५, महादेव राई १००५, पशुपति खड्का १००५, उमा कट्वाल १००५, रोहित पोखरेल १०००, बालकुमार खत्री १०००, सरोज अधिकारी १०००, डिक बहादुर नेपाली ६०५, देवन सुप्तिहाङ ६००, ॐ बहादुर लामा ५५५, छत्रबहादुर खड्का ५५५, छविलाल भट्टराई ५५०, डम्बरबहादुर थापा ५५०, भगवती तामाङ ५५०, विमल राई ५५०, हुकुम थापा ५५०, सरिता तामाङ ५५०, मदन राई ५५०, चन्द्रबहादुर खत्री ५५०, बेली उपरकोटी ५५०, सुर्जबहादुर नेपाली ५५०, सरिता तामाङ ५५०, फुलमाया तामाङ ५५०, सुवास राई ५५०, विशाल राई ५२०, सुवास कार्की ५२०, सञ्जीव राई ५२०, लक्ष्मी बस्नेत ५१०, धनकुमार राई ५१०, अशोक राई ५१०, तेजबहादुर कोइराला ५१०, दुर्गा बहादुर विक ५१०, ताराबहादुर कार्की ५१०, साङबहादुर तामाङ ५१०, ध्रुव विक ५१०, पेशल भट्टराई ५१०, चण्डीराज विक ५१०, ॐ बहादुर नेपाली ५१०, बमबहादुर नेपाली ५१०, देवी बस्नेत ५०५, पदमबहादुर खड्का ५०५, गोमा राउत ५०५, गोविन्द अधिकारी ५०५, देवी खड्का ५०५, श्याम विक ५०५, विना तामाङ ५०५, तुलसा खत्री ५०५, सीताराम कोइराला ५०५, चन्द्रबहादुर नेपाली ५०५, दिलीप राई ५०५, आशा राई ५०५, देशबहादुर राई ५०५, टंकराम तामाङ ५०५,बालबहादुर खड्का ५०५, पर्शुराम थापा ५००, वीरेन्द्र कुमार बस्नेत ५००, किरण नेपाली ५००, नरबहादुर तामाङ ५००, रामबहादुर खड्का ५००, ईश्वर खड्का ५००, श्यामकुमार तामाङ ५००, हरि विक ५००, धनबहादुर तामाङ ५००, डाईश्वर कार्की ५००, शालिकराम कार्की ५००, राजकुमार राई ४०५, दुर्गबहादुर विक ३५०, विमला राई ३००, निरज राई ३००, दुर्गाबहादुर खड्का ३००, कविराज खत्री ३००, प्रेमबहादुर थापा २६०, नरबहादुर दर्नाल २५०, गोपाल खड्का २५०, कल्पना खड्का २५०, दिलकुमारी नेपाली २५०, ख्याम प्रसाद भट्टराई २५०, कल्पना नेपाली २३०, किरण तामाङ २२०, डम्बरबहादुर नेपाली २२०, ईन्द्रबहादुर विक २१०, कुमार अधिकारी २१०,कर्णबहादुर विक २०५, जीतबहादुर विक २०५, रमेश नेपाली २०५, मिश्र बहादुर विक २०५, पदमबहादुर खड्का २००, पदमबहादुर श्रेष्ठ २००, लक्ष्मी खड्का २००, सेते राई २००, सन्तोष राई २००, वीरबहादुर खड्का २००, कर्णबहादुर खत्री २००, अर्जुन पौडेल १५०,निर्मला नेपाली १५०, ज्ञान बहादुर नेपाली १५०, रीता पौडेल १५०, टीकाराम राई १०५, विक्रम राई १०५, रणबहादुर परियार १०५, पर्शुराम विक १०० र राजेन्द्र नेपाली ५० रहेको छ ।

विद्यालयले आर्थिक सहयोगको अभियानलाई आगामी माघ महिना सम्म खुल्ला राख्ने र सहयोगी मनहरुलाई युगमा एक पटक हुने विद्यालयको स्वर्ण जयन्तीको महाअभियानमा जोडिएर सहयोग गरिदिन समेत सबैमा अपिल गरेको छ ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुदेव राईको सभापतित्वमा भएको कार्यक्रममा सोही दिनको विशेष भेलाले मोहन सुप्तिहाङको संयोजकत्वमा बालोदय आधारभूत विद्यालयको "पूर्व विद्यार्थी मंच" समेत गठन गरेको छ ।



Jantedhunga
प्रतिक्रिया