उदयपुरको बेल्टार बजारमा भीषण आगलागी

Jantedhunga

बेल्टार ।उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारको कल्याणचोकमा विद्युत सट भई आगलागी हुँदा एक करोड २२ लाख बराबरको क्षति भएको छ ।                    मंगलबार दिउँसो चौदण्डीगढी नगरपालिका–७ स्थित कल्याणचोकका शरणकुमार राईको घरमा विद्युत सर्ट हुँदा आगलागी सुरु भएको थियो।

आगलागीबाट तीन घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने चार घरमा आंशिक क्षति भएको छ । आगलागीबाट एक करोड २२ लाख बारबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। स्थानीय ३४ वर्षीय कृतिमान राईको हातमा आगोले पोल्दा घाइते भएका छन् । राईको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । 

आगलागिले शरण राईको घर, भाडामा बस्ने संगीता राईको अन्नपात, भाडावर्तन, लत्ताकपडा, फर्निचर, महत्वपूर्ण कागजपत्रलगायत सामाग्री जल्दा ३० लाखको क्षति भएको र सर्वधन राईको घर जल्दा अन्नपात, भडावर्तन, लत्ताकपडा, फर्निचर सहित  ५० लाखको क्षति भएको छ । 

यसैगरी कालुमान राईको घर जल्दा  घरभित्र रहेको अन्नपात, भडावर्तन, लत्ताकपडा, फर्निचरलगायत सामान जलेर नस्ट हुँदा ३५ लाख बराबरको क्षति भएको जनाइएको छ।, 

यसैगरी रविन्द्र राईको तीन तले पक्की घरमा आगोले क्षति पुर्याउँदा दुई लाख बराबरको बराबरको क्षति भएको र अम्मरबहादुर राईको , विजय राई र कुमार राईको घरमा पनि क्षति पुगेको छ । 

दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । 

Jantedhunga
प्रतिक्रिया