इनरुवा (सुनसरी) । जिल्ला प्रहरि कार्यालय सुनसरीमा प्रमुखको जिम्मेवारी निभाएका प्रभु प्रसाद ढकाललको कार्यकालमा भएका कामहरु आज एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । शान्ति सुरक्षा, प्रशासनिक तथा आन्तरिक सुधार, जघन्य अपराध, अनुसन्धान, महिला बालबालिका, बैंकिङ लगायतका क्षेत्रमा गरेका कामहरुको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ढकालले जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले गरेको प्रगति विवरण तपशिल बमोजम रहेको छ ।
प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालको कार्यकालमा भएका उल्लेखनिय कार्यहरुको विवरणः-
v शान्ति सुरक्षा प्रहरी कार्यः-
·
सुनसरी जिल्लामा मिति
२०७९ मंसिर ०४ गते भएको प्रतिनिधी सभा तथा प्रदेश सभाको १६६ मतदान स्थलका ५९१
मतदान केन्द्रमा भएको निर्वाचनमा १४५४ जना प्रहरी र २११६ जना म्यादी प्रहरी
समेतलाई प्रभावकारी रुपमा परिचालन गरि
निर्वाचनलाई भयरहित, निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गरिएको ।
·
आ.व.२०७९।०८० मा ३५
स्थानमा CCTV Camera थप गरि ६४ स्थानमा ३०६ वटा CC Camera बाट सुरक्षा
निग्रानी बढाईएको ।
·
सिमा क्षेत्रको तथा
जिल्लाको समग्र शान्ति सुरक्षाको लागि भारतीय सुरक्षा निकायसँग मिति २०७९।०७।२६,
२०७९।०८।१४ र २०८०।०२।१० गते समेत गरि ३ पटक काउण्टर पार्टसको मिटिङ र सुरक्षा
सम्बन्धि छलफल ।
·
मिति २०८०।३।१९ गते अ.
१५;३० वजेको समयमा जि. सुनसरी इटहरी उमनपा वडा
न. ६ स्थितमा ना १ क ९१०७ नं. को टिफरले को १४ प ५२६ न. को स्कुटीलाई ठक्कर दिई
दुर्घटना भई २ जनाको मृत्यू भएको लगतै भेला जम्मा भएको ५००० संख्याको मासले विरोध गरि
सडक अवरुद्व र आगजनीको प्रयास गर्दा भिडको व्यवस्थापनमा तत्काल खटि दुर्घटनामा
संलग्न टिफर र चालकलाई भिडवाट उद्दार गरि कुनै पनि किसिमको धनजनको क्षति हुनबाट रोक्नुका साथै अन्य अप्रिय
घटना हुनबाट जोगाएको ।
·
बर्जु गाउँपालिकामा मिति
२०७९।०९।२२ गते देखि मिति २०७९।१०।०३ गते सम्म लागेको बर्जु महोत्सवमा बिगतको
घट्नालाई मध्यनजर गरि हुन सक्ने सम्भावित घट्नाहरुलाई मुल्याङ्कन गर्दै भारतीय कलाकार
खेसरीलालको कार्यक्रममा २५००० भन्दा माथीको भिडलाई व्यवस्थित गरि भरपर्दो सुरक्षा
व्यवस्था मिलाएको ।
·
कोशी प्रदेश को
नामाकरणको विषयलाई लिएर पहिचानवादीहरुले गरेको आन्दोलनलाई प्रभावकारी प्रहरी
परिचालन र सूचना संकलन एवं निग्रानीका साथ जिल्लामा कुनै पनि अप्रिय घट्ना हुन नदिएको ।
·
सम्माननिय राष्ट्रपती
विद्यादेवी भण्डारीज्यू सुनसरी जिल्लाको बराहक्षेत्र धाममा मिति २०७९।१०।०१ गते
सवारी हुँदा भरपर्दो सुरक्षा योजना तयार गरि कुनै घट्ना हुन गर्न नदिई सुरक्षा
व्यवस्था मिलाएको ।
·
मिति २०७९।११।२० गते
सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को ईटहरीमा भएको भ्रमणमा
भरपर्दो सुरक्षा व्यवस्था मिलाएको ।
·
मिति २०७९।१२।२० गते
ईनरुवा नगरपालिकाको जेलफिलमा पूर्व राजा ज्ञानेन्द्र बिक्रम शाहको उपस्थितीमा
हिन्दुहरुको अभिनन्दन कार्यक्रममा कुनै अप्रिय घट्ना हुन गर्न नदिई सुरक्षा
व्यवस्था मिलाएको ।
·
प्रदेशका मुख्य मन्त्री
लगायतका अन्य VIP हरुलाई पहिचानवादीहरुको खतरालाई
मुल्याङ्कन गरि जिल्लामा भएका कार्यक्रम र आवत जावत हुँदाको अवस्थामा भरपर्दो
सुरक्षा व्यवस्था मिलाएको ।
· देवानगंज गाउँपालिका वडा नं.७ पक्कि टोलमा बसोबास गर्ने हिन्दु तथा मुस्लिम समुदायका मानिसहरुले मिति २०८०।०४।०१ गते जातिय दंगा भड्काउने मनसायले गरेको क्रियाकलापलाई समयमै पूर्वानुमान तथा मुल्याङ्कन गरि कुनै अप्रिय घट्ना हुन गर्न नदिई सवल अवस्था सृजना गरेको ।
v प्रशासनिक र आन्तरिक सुधार तर्फः-
·
जिल्ला मातहतका ८६ वटा
प्रहरी ईकाईहरुको मासिक २ पटक अनुगमन निरिक्षण भ्रमण गरि प्रहरी सेवालाई जनमैत्री
बनाउन निर्देशन दिएको, तालुक कार्यालयसंग समन्वय गरि प्रहरी चौकी रामधुनीलाई ईलाका
प्रहरी कार्यालय बनाउने कार्य अन्तिम चरणमा भएको ८५ वटा युनिटमा मासिक २ पटक गरि
कार्यरत प्रहरी कर्मचारीहरुलाई ब्रिफिङ्ग सम्बोधन गर्ने गरिएको ।
·
मातहत प्रहरी इकाईहरुको
नियमित अनुगमन तथा निरीक्षण एवं निर्देशनको कार्यान्वयन पुर्ण रुपमा भएको ।
·
कार्यालयको अभिलेखहरु Digital प्रणालीमा समेत राखि सेवाग्राहीहरुलाई छिटो छरितो
ढंगबाट सेवा प्रदान गरेको ।
·
जिल्ला नेतृत्व तहबाट
मातहत प्रहरी कर्मचारीहरुको पिरमार्का र गुनासो सम्बोधन गर्न Police Peaformance Audit Team बनाई प्रहरी कर्मचारीहरुलाई
सेवाप्रति उत्साहित बनाउदै प्रहरी कार्य संचालन गरेको ।
· समुदाय-प्रहरी साझेदारी अन्तर्गतका कार्यक्रमहरु मातहत प्रहरी इकाईहरु समेतबाट दैनिक रुपमा संचालन गरि दुरदराजमा रहेका सर्वसाधारणहरु समेतमा त्यसको प्रभाव परेको (प्रहरीको LRP, कार्यालय प्रमुख आफै समय-समयमा पुगेको ।
v सवारी साधन निकासा तर्फ पहल र वितरणः-
बिगत २०६४ साल देखि यस कार्यालय तथा
मातहत समेतमा नयाँ सवारी साधन निकासा नभएको हुँदा मातहतमा प्रहरीको दैनिक कार्य
सम्पादनको लागि कठिनाई भईरहेको अवस्थामा तालुक कार्यालयसँगको समन्वयमा निम्न सवारी
साधन निकासाको गराउन सफल भएको ।
·
प्रदेश १-०१-००२ झ ६२४०
टाटा योद्दा - १ (ईप्रका दुहबी)
·
प्रदेश १-००२ झ ६२४१
टाटा योद्दा - १ (वप्रका धरान)
·
प्रस्तावित ईलाका प्रहरी
कार्यालय रामधुनिको लागि सवारी साधनको व्यवस्था गरेको ।
·
बिगत ५ वर्ष देखि बेचालु
अवस्थामा रहेका ना.१ ग ६०२ टाटा वान्टन मर्मत संभार गरि संचालनमा ल्याएको ।
·
यस कार्यालयमा रहेको
मोबायल गाडी -१ थान, फिल्ड अधिकृतको गाडी - १ थान मर्मत संभार
गरेको ।
· मातहत सहितको QRT मोटरसाईकल मर्मत संभार - २७ थान (ब्याट्री,ट्याङ्की, बिभिन्न पार्टपुर्जा खरिद तथा मर्मत) गरि संचालनमा ल्याएको ।
v कार्यालय प्रयोजनको लागिः-
·
कार्यालयको दैनिक कार्य
सम्पादनलाई व्यवस्थित र छिटो छरितो ढंगबाट सम्पादन गर्ने उद्देश्यका साथ कम्प्यूटर
थान ८, रंगिन प्रिन्टर २, फोटोकपी मेसिन २, ईन्भटर १, दराज १, टेबल ८, आराम चियर
७, मुभिङ चियर १, खाट ९, सिलिङ पंखा १७, सेवाग्राही बस्ने फलामे बेन्च ३ समेत खरिद
गरि व्यवस्थापन गरिएको ।
v अपराध अनुसान्धान तर्फः-
·
अवैध मालसामान भित्रीने
बाटो र गल्ली पहिचान गरि दुई पाङ्ग्रे,चार
पाङ्ग्रे सवारी साधनहरु र पैदल बाट आवात-जावत गर्ने एरियाहरुमा नियमित तथा आकस्मिक
चेकिङ (Surprise Checking) को लागि मातहत प्रहरी ईकाईहरु र
जि.प्र.का.बाट बिशेष प्रहरी टोली समेत
परिचालन गरिएको ।
·
विशेष गरि रातको ०९:०० बजे देखि बिहानको ०४:०० बजे सम्म सीमा
नाकाहरुमा भन्सार चोरी पैठारी रोक्नको लागि प्रहरी परिचालन गरिएको ।
·
सीमा नाकाहरुमा सशस्त्र
प्रहरी बल, भन्सार कार्यालयका कर्मचारीहरुसँग समन्वय गरि
संयुक्त गस्ती पट्रोलिङ कार्य गर्ने गरिएको ।
·
साप्ताहिकरुपमा यस
कार्यालयबाट मातहतका प्रहरी ईकाईहरुमा अनुगमन,निरीक्षण
गरि प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिने कार्य गरिएको ।
·
बिभिन्न मितिमा हराएका मोबायल अनुसन्धान पश्चात फेला पारी ७१ वटा सम्बन्धित मानिसलाई बुझाइएको
।
·
बिभिन्न मितिमा हराएका मोटर साईकल खोजतलास गरि १४ वटा सम्बन्धित मानिसलाई बुझाएको ।
· सिमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले तयार गरिएको संयुक्त गस्ती योजना जिल्ला सुरक्षा समितिबाट अनुमोदन गराई लागु गरिएको ।
v जघन्य तर्फः-
· जघन्य प्रकृतिका मुद्दाहरु यस आ.व.मा ४७० दर्ता गरि अनुसन्धान पश्चात कर्तब्य ज्यानमा १४ दर्ता भई ३३ पक्राउ गरि सबै फर्छयौट, ज्यान मार्ने उद्योगमा ७० दर्ता भई ६९ जना पक्राउ गरि सबै फर्छयौट, करणी सम्बन्धि कसुरमा १०६ दर्ता भई ६३ जना पक्राउ ९५ फर्छौट, लागु औषधमा १४१ दर्ता भई १९६ जना पक्राउ १३० फर्छयौट, मानव अपहरण तथा शरिर बन्धक ५ दर्ता भई सबै फर्छयौट, मानव बेचविखन १ दर्ता भई ३ पक्राउ गरि फर्छयौट, हातहतियार खरखजना ३ दर्ता भई १७ जना पक्राउ सबै फर्छयौट, सवारी ज्यान ८२ दर्ता भई ६२ जना पक्राउ ७५ फर्छयौट, ठगी ५० दर्ता भई २० पक्राउ ४० फर्छयौट, नागरिकता सम्बन्धि कसुर ३ दर्ता भई २ पक्राउ २ फर्छयौट ।
v महिला बालबालिका तर्फः-
· महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी अपराधमा यस आ.व.मा १७२ दर्ता गरी अनुसन्धान पश्चात जवरजस्तिकरणीमा १०६ दर्ता भई ६३ जना पक्राउ ९५ फर्छौट, जवरजस्तिकरणी उद्योगमा १६ दर्ता भई १२ पक्राउ १२ फर्छयौट, बहुविवाह २६ दर्ता भई १८ पक्राउ १८ फर्छौट, बोक्सिको आरोपमा १ दर्ता भई १ पक्राउ र फर्छयौट, अवैध गर्भपतन २ दर्ता भई १ पक्राउ १ फर्छयौट, बाल यौन दुराचार १४ दर्ता भई १३ पक्राउ १३ फर्छयौट, मानव बेचविखन १ दर्ता भई पक्राउ १ र फर्छयौट ।
v बैकिङ कसुर तर्फः-
· यस आर्थिक वर्षमा ३०८ वटा मुद्दा दर्ता गरि अनुसन्धान पश्चात बिगत वर्ष भन्दा यस वर्ष बिगो बापतको रकम रु. २१,२३,०९,६४० बिगो भराई अनुसन्धान भईरहेको ।
v यस आर्थिक वर्षमा गरिएका मुख्य जघन्य मुद्दाका अनुसन्धानहरु:-
·
मिति २०७९।०५।२९ गते अं.
१४:०० बजे,धरान-२० स्थित टोडके डाडा बस्ने पुर्णसरी
राई आफ्नै घर कोठा भित्र भएको हत्यामा संलग्न लाई पक्राउ गरि जि.सुनसरी धरान २०
बस्ने बर्ष १८ को नकुल राई, धरान-२० बस्ने बर्ष २७ को प्रदिप राई २ जना पूर्पक्षमा
गएको, जि.सुनसरी भोक्राहा नरसिंह-६ बस्ने बर्ष २१ को रन्जित कुमार साह रु.१,७५,०००।- र दुहवी
-४ बस्ने बर्ष ४७ को प्रदिप कुमार उपाध्याय रु.५०,०००।- मा २ जना धरौटीमा रिहा भएको ।
· मिति २०७९।०९।२० गते अं.११;०० बजे, जि. सुनसरी कोशी २ स्थित निपेन मण्डलको आलुवारीमा अज्ञात व्यक्तिहरुले विभत्सढंगले रंजित कुमार यादवलाई कुटपिट गरि घाटी कसेर हत्या गरि टाउकोको भाग माटोले पुरेर बाँकी जिउमा लगाएको कपडा खोली अर्ध नग्न अवस्थामा छाडी फरार भएकोमा मिति २०७९।०९।२२ गते। कोशी २ बाट जि.सुनसरी कोशी-२ बस्ने बर्ष १६ को भुपेन्द्र यादव पक्राउ गरिएको ।
v Everest Bank ltd इटहरी ठगी
·
Everest Bank ltd इटहरी शाखामा कार्यरत
कर्मचारीहरुले ग्राहकहरुकको User ID password दुरुपयोग गरि,
Connect IPS मार्फत र नक्कली चेकमार्फत 14-November 2022 देखि 31-March 023 सम्म करिव ५ महिनाको
अवधिमा ३३ जना ग्राहकहरुको खातावाट जम्मा
रकम १,५०,२३,४३४।– (एक करोड पचास लाख तेईस हजार चार सय चौतिस
रुपैया) निकाली हिनामिना गरेकोमा ९ जनालाई
पक्राउ गरि १ जना पूर्पक्ष गएको, २ जना धरौटीमा रिहा भएको ।
·
मिति २०७९।०६।२२
गते अं. १८:३०
बजे, जि.सुनसरी ईटहरी-६
स्थितमा ईटहरी बजारमा जिल्ला सुनसरी ईटहरी ५ बस्ने बर्ष ३८ को भुनेला चौधरीलाई
प्रतिवादीहरु राम कुमार भुजेल समेतले धारिलो हतियार खुकुरी प्रहार गरि बाँया हात
पुरै छिनाई, बायाँ गालामा समेत काटि हत्या गरि फरार भएकोमा जि.
सुनसरी ईटहरी वडा नं. ६ बस्ने बर्ष ४३ को राम कुमार भुजेल र ऐ.ऐ. बस्ने बर्ष २७ को
वेद प्रकाश मण्डललाई पक्राउ गरि कर्तब्य ज्यान (ज्यान सम्बन्धी कसुर) शिर्षकमा
मुद्दा दर्ता गरि अनुसन्धान भई हाल पुर्पक्षमा गएको ।
· मिति २०८०।०४।०५ गते साँझ अन्दाजी १७:१५ बजेको समयमा जिल्ला सुनसरी ईटहरी उप-म.न.पा. वडा नं. २० सेउती खोलाको पुलमा ३ जना अज्ञात समुहले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ बस्ने रत्न चौधरीको छोरा बर्ष २८ को रोहित चौधरी र ऐ.ऐ. ३ बस्ने केशब बहादुर खत्रीको छोरी बर्ष ३४ की सुमना खत्रीलाई नियन्त्रणमा लिई निज सुमना खत्रीले लगाएको ४ आनाको सुनको सिक्रि थान १, Xiaomi 12 Lite मोबाईल थान १, लेडिज हेण्ड ब्याग झोला थान १ समेतको लुटपाट गर्ने क्रममा सोही समुहले रोहित चौधरीलाई पेस्तोलबाट गोली प्रहार गरि गम्भिर घाईते बनाएकोमा निज रोहित चौधरीलाई तत्काल उपचारको लागि वी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा ल्याई उपचार गराउने क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको सिलसिलामा जिल्ला मोरङ लेटाङ न.पा. वडा नं. १ घर भएका बर्ष ३८ को पर्वत भन्ने दिपक तिमल्सिना‚ जिल्ला सुनसरी धरान उप महानगर पालिका वडा न. १४ वस्ने पुर्ण वहादुर तामाङको छोरा वर्ष ३४ को अनसन तामाङ, जिल्ला मोरङ विराटनगर महानगर पालिका वडा न.१५ वस्ने राज कुमार शर्माको छोरा वर्ष ४१ को अर्जुदिन भन्ने अजय शर्मा र जि. झापा भद्रपुर न.पा. वडा न. १ स्थायी वतन भई हाल जि. सुनसरी धरान उप महानगर पालिका वडा न. ८ भोटेपुल टोल वस्ने देउ प्रसाद लिम्वुको छोरा वर्ष ३० को प्रकाश लिम्वु पक्राउ ।
v HIT AND RUN CASE
· घटनाको मिति, समय, स्थानः- मिति २०७९।०७।२१ गते राती ००:०५ बजे जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं.१ पूर्व-पश्चिम राजमार्गको लौकही स्थितमा पिकेट डियुटीमा कार्यरत प्र.ह. उमेश कुमार बस्नेतलाई नंम्बर नखुलेको पिकअप बोलेरोले ठक्कर दिई सवारी दुर्घटना गरेकोमा मिति २०७९।०७।२८ गते प्र.३-०१-०२४ च.५०७८ नम्बरको पिकअप गाडी चालक जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका-५ घर भएका बर्ष २० को दिपेश चौधरीलाई पक्राउ गरि कानूनि दायरामा ल्याईएको ।
v लागु औषध ओसार पसार नियन्त्रण सम्बन्धमा
· यस आ.व.मा लागु औषध नियन्त्रणमा १३६ जना मानिस पक्राउ गरि निजहरुबाट नाईट्राजेपामा १६४६, नाईट्राभेट ६१७, नाईट्रोजन ५६१, स्पाईसपेन १७१६, ट्रमाडोल ४३०५,नाईट्राजेकर ६०, ईन्ट्राभेट ४५, डाईलेक्स डि.सि.१२७, ईसकुफ डि.एक्स २९, कोडिन फोसपेट र क्लोरोफाईन मेलट सियाप १३८, एभिल २८७, डाईजेल्याव ५१, फेनारागन २७३, डाईजेपाम २६०, लुपिजेसिक १८०, लेवल नभएको ६९, फेनारामाईन १६, लिजेसिक ४९,टेलिजिक्स ४, १५७ ग्राम ३७७ मिलिग्राम, २०३८ के.जी ९१९ ग्राम बरामद गरि कानूनि दायरामा ल्याएको ।
फरार प्रतिवादी पक्राउ :
· बिभिन्न मुद्दामा सम्मानित अदालतहरुबाट फैसला भई फरार रहेका प्रतिवादीहरु यस आ.व.मा ५५२ जना पक्राउ गरि कानूनि दायरामा ल्याएको, निजहरुको कैद सजाय १६५ बर्ष १० महिना १८ दिन र जरिवाना रु. ४०,७५,४४४।- अभिलेखबाट देखिएको ।
हातहतियार तर्फ
·
बिभिन्न मितिमा यस कार्यालयबाट
हातहतियार खरखजनामा ४ वटा मुद्दा दर्ता गरेको कटुवा पेस्तोल २ थान, भरुवा बन्दुक २
थान, पेस्तोल १ थान, र गोली १७ राउण्ड बरामद गर्न सफल भएको ।
v सिमा नाकामा हुने चोरी तस्करी
नियन्त्रण गरि
· यस आ.व.मा सवारी साधन ३९ वटा, मानिस ३१ जना पक्राउ गरी भन्सार राजश्व रकम रु. ४,७१,३१,३२५।-भन्सार कार्यालयमा दाखिला गरेको ।
v सामुदाय प्रहरी साझेदारी तर्फ निम्नानुसारको काम गरेको
|
कार्यक्रम शिर्षक |
कार्यक्रम संख्या |
|
|
· |
रक्तदान कार्यक्रम |
५ |
|
· |
छलफल अन्तरक्रिया |
१० |
|
· |
तपाईको मास्क खै कार्यक्रम |
१० |
|
· |
स्वास्थ्य शिविर |
१ |
|
· |
गाई,गोरु मार्न वा कुट्न नहुने सम्बन्धी जनचेतना
कार्यक्रम |
५ |
|
· |
पर्चा, पम्पलेट, हाते पुस्तिका,
सचेतनामुलक अन्य सामग्री वितरण |
४ |
|
· |
लागु औषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम |
६२९ |
|
· |
वृक्ष रोपण |
२२ |
|
· |
मादक पदार्थ सेबनका बेफाईदा सम्बन्धी |
४ |
|
· |
मानव बेचविखन नियन्त्रण |
१३ |
|
· |
आत्महत्या तथा बिषादी सेवन |
१९७ |
|
· |
शान्ति सुरक्षा लौगिंक हिंसा सम्बन्धि छलफल तथा अन्तरक्रिया
कार्यक्रम |
१४ |
|
· |
सरसफाइ कार्यक्रम |
४६ |
|
· |
शितलहर आगोलागी नियन्त्रण सम्बन्धी, बाढी पहिरो(विपद व्यवस्थापन) |
२२५ |
|
· |
अन्तरजातिय
विभेद तथा छुवाछुत नियन्त्रण कार्यक्रम |
२० |
|
· |
होटल पसलमा हुने बाल श्रम तथा प्रहरी कार्यालयबाट प्राप्त हुने
सेवाको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम |
४६ |
|
· |
आधारभूत सुरक्षा |
१० |
|
· |
घरेलु हिंसा सम्बन्धी सचेतना मुलक अन्तरक्रिया कार्यक्रम (लैङ्गिक
हिंसा) |
१७४ |
|
· |
चाड पर्वमा हुन सक्ने अपराधिक घट्नाको न्युनिकरण सम्बन्धि संचेतना |
६६ |
|
· |
चोरी नियन्त्रण सम्बन्धि प्रशिक्षण।अन्तरकृया कार्यक्रम |
५१ |
|
· |
जेष्ठ नागरिका विरुद्ध हुने अपराध नियन्त्रण र न्युनिकरण |
२३ |
|
· |
बाल हिंसा न्युनिकरण तथा बालबालिका का लागि आधारभुत सुरक्षा सम्बन्धि
जनचेतनामुलक कार्यक्रम |
१२३ |
|
· |
पिडित पुनः भेटघाट कार्यक्रम |
६ |
|
· |
बाल विवाह, दाइजो , छाउपडि, बोक्सी प्रथा र सामाजिक विकृति
नियन्त्रण |
४७ |
|
· |
महिला, बालबालिका तथा जेष्ठ नागरिक विरूद्धका अपराध र हिंसा नियन्त्रण |
१२१ |
|
· |
सामुदायिक कार्यक्रम,गतिबिधी
सम्बन्धीत अन्तरक्रिया तथा छलफल |
१ |
|
· |
जग्गा जमिन किच्लो सम्बन्धि कार्यक्रम |
७ |
|
· |
ट्राफिक नियम पालना सम्बन्धी अन्तरक्रिया कार्यक्रम |
६० |
|
· |
अपराध न्यूनिकरण सम्बन्धी |
१२ |
|
· |
साइबर सुरक्षा |
४८ |
|
· |
महिलाको लागि आत्मरक्षा कार्यक्रम |
१ |
|
· |
"म सक्छु ( I CAN )"
लागुऔषध कारोबार,दुर्व्यसन न्यूनिकरण २०७९,मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम |
२२ |
|
· |
होलीपर्वको सुरक्षा सम्बन्धी जिंगल प्रसारण |
१८ |
|
· |
सार्वजानिक सुनुवाई कार्यक्रम |
२ |
|
|
२०४३ |
|
v नवप्रवर्तनीय कार्यक्रमः-
·
जिप्रका परिसर भित्र २४०
जना राख्न मिल्ने क्षमता भएको १ ब्याडमिन्टन कोर्ड सहितको सभाहल निर्माण भईरहेको ।
·
जिल्ला रेडक्रससँग
समन्वय गरि प्राथामिक उपचार सम्बन्धी अनुशिक्षण तालिम-२४ जना प्रहरी कर्मचारीलाई
प्रदान गरिएको ।
·
प्रहरी कर्मचारीहरुलाई
शुद्व पिउने पानी व्यवस्थापनको लागि व्यारेक तथा आवास भवनबाट सबैले सहज रुपमा
प्रयोग गर्ने गरि Water Plant को निर्माण ।
·
कार्यालय परिसरमा ड्रेन
निर्माण ।
·
गाडी सफाई गर्ने स्थान
निर्माण साथै पार्किङ् ढलान एवं स्तरोन्नती ।
·
मोटर साइकल र गाडी
पार्किङ स्थल ढलान ।
·
बालमैत्री कक्षको
निर्माण तथा व्यवस्थापन ।
·
अन्तरवार्ता कक्षको
निर्माण ।
·
लागू औषध बिरुद्वको
अभियानमा ४८४ जनालाई निग्रानीमा राखिएको
·
आत्महत्या बिरुद्वको
कार्यक्रम संचालन गरिएको ।
·
ईनरुवा नगरपालिकासँग
समन्वय गरि लैङ्गिक हिंसा बिरुद्वको सबै वडाहरुमा कार्यक्रम गरिएको ।
·
थुनुवाहरुलाई ५० वटा
ब्लाङ्केट बितरण ।
·
पिडितलाई ५ वटा
ब्लाङ्केट बितरण ।
·
R.P.तथा नागरिक सहयोगी
प्रहरी ब्यवस्थापन र कार्यान्वयन ।
·
अपराध अनुसन्धान, हिरासत
र कार्यालय समेतमा ३ वटा पुस्तकालयको व्यवस्थापन
·
जिल्ला र मातहतका मुद्दा
चल्ने इकाईहरुमा रहेका थुनुवाहरुलाई जाडोको समयमा १०।१० थान कम्बल (ब्लाङ्केट) वितरण गरिएको, बिभिन्न अपराधमा पिडित भएका आफन्तहरुलाई पीडित पुनःभेटघाट र राहत
वितरण समेत गर्ने गरिएको ।
·
प्रहरी कार्यालयमा आउने
सेवाग्राहीहरुबाट प्रहरी सेवा सम्बन्धमा पृष्ठ पोषण लिनको लागि Public Audit Form बनाई सेवाग्राहीहरुबाट राय सुझाव लिने कार्य शुरु गरिएको तथा जिल्ला
प्रहरी कार्यालय र माहत प्रहरी इकाईहरुको
मुख्य प्रवेशद्वारमा भद्र पोशाकमा नागरिक सहयोगी प्रहरीको व्यवस्था गरि प्रहरी
सेवालाई नागरिकमैत्री बनाएको ।
· मातहतका प्रहरी इकाईहरुले प्रत्येक दिन समुदायको समस्या, अपराध, गुनासो र पिरमार्का सम्बन्धमा बुझ्नको लागि "समुदायसँग १ घण्टा" कार्यक्रम संचालन गर्ने सोको बिवरण प्राप्त भए पश्चात जिल्लाबाट सम्बन्धित निकायसँग समेत समन्वय गर्ने गरि आवश्यक सम्बोधनको ब्यवस्था मिलाईएको ।
v भौतिक संरचना निर्माणमाः-
·
संघिय सरकारबाट: -
o जिप्रकामा महिला ब्यारेक निर्माण कार्य भईरहेको ।
o प्रचौ शुक्रबारे निर्माण भईरहेको ।
o प्रचौ बराहक्षेत्रको निर्माण कार्य भईरहेको ।
o प्रचौ सिसुवाधरमपुर निर्माण कार्य
भईरहेको ।
· प्रदेश सरकारबाट:
o जिप्रका सुनसरीमा ४० जना बसेर छलफल गर्ने सकिने नागरिक सहायता कक्ष निर्माण
सम्पन ।
o ईप्रका देवानगंज (पुरानो) मा रंग रोकन
र शौचालय निर्माण ।
o ईप्रका चिमडी मर्मत संभार र मेष निर्माण तथा हावा महल मर्मत संभार निर्माण ।
o प्रचौ भुटाहा ट्रष्ट लगाई मर्मत संभार ।
o प्रचौ नरसिंहटप्पु चौकीको घेराबारा गरेको ।
o प्रचौ घुस्किहाट मर्मत संभार ।
v स्थानीय पालिका संगको समन्वयमा भएका कार्यहरुः
· विगत २ बर्ष अगाडी प्रहरी चौकी रामधुनी निकासा भएको तर स्थापना हुन बांकी प्रहरी चौकीलाई रामधुनी नगरपालिका संग आवश्यक समन्वय गरि मोरङ सुनसरी सिचाईको भवन झुम्कामा प्रस्तावित ई.प्र.का.रामधुनी स्थापना गरि कार्य संचालन गरेको ।
·
स्थानीय
पालिकासंग समन्वय गरि ई.प्र.का.पकली सुनसरीको कार्यालय भवन निर्माण र कम्पाउण्ड
व्यवस्थापन समेतको निर्माण कार्य सम्पन्न ।
·
प्रहरी
चौकी भुटाहाले चर्चेको ८ कठ्ठा जिल्ला समन्वय समितिको नाममा रहेको जग्गा प्रहरी
कार्यालयको नाम ल्याउन जिल्ला स्तरको सम्पूर्ण पृक्रिया पुरा गरि तालुक
मन्त्रालयमा पहल गरेको ।
·
दुहबी
नगरपालिका पूर्व प्रहरी संगठन र ईप्रका दुहबीले संयुक्त रुपमा Anty Drug Campain सुरु गरेको ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो