काठमाडौ ।प्रजातन्त्रको आगमन संगै सन् १९५० को दशकपश्चात नेपालले विश्वका विभिन्न मुलुकसँग दौत्य सम्बन्ध कायम गर्न थालेको सन्दर्भमा सन् १९५६ मा टोकियोमा नेपाली राजदूतावास र सन १९६८ काठमाडौँमा जापानी राजदूतावास स्थापना भएको थियो।
नेपाल -जापानबीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको ७ दशक पुग्न लागेको छ भने नेपाल जापानबीचको अनौपचारिक सम्बन्धको इतिहास भने एक शतक पुरानो हो। नेपाल र जापानबीच अनौपचारिक सम्बन्ध कायम भएको शताब्दिऔँ भइसकेको छ। नेपालप्रति असल र मित्रवत् व्यवहार गर्न रुचाउने जापान र नेपालबीच आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, जलाधार संरक्षण, खानेपानीको व्यवस्थापन, विमानस्थलको स्तरोन्नति, धार्मिक एवं सांस्कृतिक आदान–प्रदानका दृष्टिकोणले परम्परागत सम्बन्ध रहिआएको छ। नेपाल -जापान बिच सरकारी स्तरमा मात्र हैन जनस्तरमा समेत घनिष्ठ सम्बन्ध रहदै आएको छ। यसैबीच आगामी पौष ७ गते ( 22 december 2024) प्रज्ञा भवन काठमाडौमा नेपाल - जापान सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न हुने भएछ। जापानका लागि नेपाली राजदूत दुर्गा सुवेदीको सुझाव,र सहजीकरणमा जापानी कलाकारहरुको समूह sunday. co.ltd को आयोजनामा हुने कार्यक्रममा ख्यातीप्राप्त जापानी तथा नेपाली कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुती रहने छ। उक्त अवसरमा जापानी कलाकारहरूको जापानी कला संस्कृति सम्बन्धि बिशेश प्रस्तुति रहने र यस कार्यक्रमले नेपाल जापान बिच जनस्तरमा रहेको सम्बन्ध अझ मजबुत हुनका साथै नेपाली कला संस्कृतिको प्रचारप्रसारमा समेत सहयोग पुग्ने कार्यक्रमका नेपाल संयोजक डा. उत्तम लामिछानेले बताए।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो