खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. - ५ स.छितापोखरीमा अबस्थित श्री सरस्वती माध्यमिक बिध्यालय कुलागाउँमा कार्यरत बिध्यालय कर्मचारी तथा कार्यालय सहयोगी रामकुमार थापा आफू कार्यरत बिध्यालयको कक्षा-८ मा अध्ययन गरिरहेका छ्न् ।
उमेरले ४५ नाघेका कार्यालय सहयोगी थापा चार सन्तानका बुवा हुन् । थापा बिगत १० बर्ष देखि बिद्यालय कर्मचारी पदमा कार्यरत छ्न। थापाको एक छोरा र तीन छोरीहरु छ्न्। जेठी छोरी कक्षा ११ मा पढ्छिन भने माइली छोरी उनीसंगै कक्षा आठमा र एक छोरा र छोरी सोही बिध्यालयको प्राथमिक तहमा पढ्दै छ्न।
हेर्दा सोझा र साधारण देखिने थापा पहिला स्कुल पढ्दा फेल पनि नहुने कक्षामा प्रथम, द्दितीय पनि नहुने आफू मद्यम स्तरको बिध्यार्थी भएको बताउँछ्न। त्यो बेला बिध्यालय टाढा भएको र पढ्नुपर्छ भन्ने ज्ञान पनि नभएकाले बिचैमा पढाइ छोडेको थापाले सुनाए। पढ्न मन त केही समय अघि देखि नै लाग्थ्यो! तर अब मेरो पढ्ने बेला हैन छोरा, छोरी पढाउँछु भन्ने सोच्थे एक दिन स्कुलमा सर, मेडमहरुलाई पढ्न रहर लागेको कुरा सुनाएपछी सबै सर, मेडमहरुले पढ्ने हौसला दिएकाले कक्षा आठमा पढ्न थालेको थापाले बताए ।
पढाइ प्रती निकै लगाव देखाउँदै आफू पढ्न थालेपछी आफ्नो काममा सर, मेडमहरुले समेत सहयोग गर्ने गर्नु भएकाले समय मिलाएर सकेसम्म सबै विषय कक्षामै बसेर बिध्यार्थीहरुसंगै पढ्ने गरेको बताए। कक्षामा अंग्रेजी र गणित बिषय अरु भन्दा अफ्ठारो लाग्ने हुँदा बिहान बेलुका ट्युसन तथा कोचिङ पढेर पाठ पूरा गर्ने गरेको साथै अहिले अर्धबार्षिक परीक्षा दिइरहेको र आफुलाई लेख्ने बानी नभएकाले लेखाईमा ढिलो हुँदा सबै प्रश्नको उत्तर लेख्न नसकेको सुनाए। हंसिलो मुद्रामा थापाले भने "पढेर त अब केही गर्नु छैन तर SEE चाहिँ पास गर्छु।"
बिध्यालयमा कार्यरत कार्यालय सहयोगी थापाले पढ्ने रहर गरेपछी नपढ्नु भन्ने कुरै भएन भन्दै पढ्ने कुरा निजको रहरमात्र नभई अधिकार समेत भएकाले निजलाई उनको इच्छा अनुसार अध्ययनका लागि सहजीकरण गरिएको प्रधानाध्यापक पदमकेशर राईले बताउनु भयो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो