ओखलढुंगा। ओखलढुंगाको सुनकोशी गाउँपालिका १० का वडाध्यक्ष छविरमण धमलामाथि जबरजस्ती करणीको आरोप लागेको छ।वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै २५ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ५ असोजमा उजुरी दिएपछि धमला फरार भएका छन् ।
उजुरीपछि वडाध्यक्ष धमलाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पीडित महिलाको उजुरीका आधारमा आइतबार ओखलढुंगा जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।
अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनलाई गिरफ्तार गर्ने तयारी गरेको छ । तर, धमला भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छ्न।
Jantedhunga
monday 25 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो