मदन पुरस्कारका लागि ५ कृति छनौट

Jantedhunga

 काठमाडौँ ।  मदन पुरस्कार २०८० का लागि पाँचवटा कृति छनौटमा परेका छन्। छानिएका कृतिहरूमा भक्त स्याङ्तानको- डम्फुको आत्मालाप, मोहन मैनालीको -मुकाम रणमैदान, जीवन क्षेत्रीको - नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको -भावलिपि र रोशन थापा नीरवको सन्त्रासका साठी दिन  छन्।

मदन पुरस्कार गुठीले २०८० सालमा प्रकाशित भएका ३ सय ४ वटा किताबमध्ये पाँच वटा छनौट गरेर सार्वजनिक गरेको हो।

गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पाँच कृतिको नाम सार्वजनिक गरेको हो। छनोट भएका पाँचमध्ये उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार पाउने छ ।

Jantedhunga
प्रतिक्रिया