इटहरी भेट्रानले बृक्षारोपण गरेर मनायो संविधान दिवस

Jantedhunga

जन्तेढुंगा संवाददाता

इटहरी । सुनसरीको इटहरीस्थित इटहरी भेट्टान क्लबले  संविधान दिवस २०८० बृक्षारोपण गरेर मनाएको छ  ।

इटहरी उपमहानगरपालिकाको विराटनगरलाईनमा आज ब्यानरसहित क्लबको जम्बो टिम गएर बृक्षारोपण गरेको हो । संस्थाका अध्यक्ष निर्मल तामाङको नेतृत्वमा गएको उक्त टोलीले विभिन्न प्रकारका विरुहरु रोपेको अध्यक्ष तामाङ बताउँछन् । तामाङले संविधान दिवसकै अवसर पारेर आउँदो शनिबार पनि बृक्षारोपण कार्यक्रम आयोजना गरिने भएकोले इटहरीबासीलाई सहभागिताका लागि आग्रह समेत गरेका छन् । उनले युवाहरुलाई परिश्रमी बनाउन, शरिर स्वास्थ्य राख्न र सामाजिक अभियानमा जोडिएर बिग्रदै गएको पर्यावरणलाई स्वच्छ बनाएर समाजलाई स्वस्च्छ र स्वस्थ बनाउने अभियानको रुपमा बृक्षारोपण गरिएको अथ्याए ।  अध्यक्ष तामाङले उक्त कार्यक्रममा सहभागी भेट्रान क्लबका सबै सहभागीहरुलाई धन्यवाद समेत दिएका थिए ।


Jantedhunga
प्रतिक्रिया