दिप्रुङमा एकिकृत घुम्ति शिविर सुरु, स्वास्थ्य परिक्षणसँगै सा‍.सु.भत्ता वितरण ।

Jantedhunga

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एकिकृत घुम्ती शिविर शुरु भएको छ । गाउँपालिकाले यस अघि देखि नै गाउँपालिका अध्यक्ष लोकेन्द्र राई निर्वाचित भए पश्चात वडा तथा टाेलमै गएर लाभग्राहीहरुको स्वास्थ्य परिक्षणसँगै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेकाे छ।

आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणका लागि गाउँपालिकाले एकिकृत घुम्ती शुरु गरेको हाे।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पंजिकरण शाखा, हेल्लाे डाक्टर कार्यक्रम र सानिमा बैँक  दिप्रुङ शाखाको स‌ंयुक्त सहकार्यमा घुम्ती शिविर संचालन गर्दै आइरहेकाे छ। आज पहिलाे  दिन वडा नं‍. ३ छाेरम्बुमा एकिकृत घुम्ती शिवर स‌ंचालन भएको छ।

आजको शिविरमा जेष्ठ नागरिक, अपाङ्ग, एकल महिला गरि जम्मा १३२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष भुपेन्द्र बस्नेतले जानकारी दिए। साथै शिविरमा ५८ जनाको स्वास्थ परिक्षण गरि आवश्यक स्वास्थ्य सल्लाह तथा सामान्य अैाषधी वितरण गरिएको हेल्लाे डाक्टर कार्यक्रमका संयाेजक सुरेश प्रधानले बताए।

गाउँपालिकाले भाेली देखि क्रमश ८ गते वडा नं‍. ४ बतासे, ९ गते वडा नं. ६ छितापोखरी, १० गते वडा नं‍‍. ५ स.छितापाेखरी, ११ गते वडा नं. ७ टेम्मा, १३ गते वडा नं‍. १ याम्खा र १४ गते वडा नं. २ डाँडागाउँमा एकिकृत घुम्ति शिविर संचालन हुने वडा सचिव तथा सामाजिक सुरक्षा तथा प‌ञ्जिकरण शाखा प्रमुख एमनलाल श्रेष्ठले बताए । 

Jantedhunga
प्रतिक्रिया