कैलाली । कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–५ चौरी स्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरले बुधवार ठक्कर दिँदा घर नजिकैको सडककमा खेलीरहेकी सोही ठाउँ बस्ने ६ वर्षकि डिनल चौधरीको मृत्यु भएको हो। ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा बर्दगोरिया अस्पताल बहुनियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ बस्ने ३७ वर्षीय रामबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Jantedhunga
thursday 16 apr 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो