बिराटनगर । "लागु पदार्थ मुक्त मोरड" (Drug Free Campaign in Morang) कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय,.विराटनगर र लाग्औषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागू औषध खैरो हिरोईन सहित दुईजनालाई पक्राउ गरेको छ। आज ( बैशाख ३ गते ) दिउँसो २:३० बजे बिराटनगर महानगरपालिका वडा नं.११ पारस हस्पिटल गेट अगाडि शंकास्पद गतिविधि गरिरहेका २ जना व्यक्तिहरुलाई शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिक सहित १०५ ग्राम १३ मिलिग्राम खैरो हिरोईन बरामद भएको हो। पक्राउ पर्नेहरूमा देश भारत, राज्य बिहार, जिल्ला अररिया, सिक्टि, अमरगाछि, मजरख बस्ने बर्ष ४४ को मो. सरिफ र मोरङ जहदा की लालमन मुखिया रहेका छन् । पक्राउ परेका उनीहरु लाई जिल्ला प्रहरी कार्यालय, मोरङको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो