काठमाडौ ।गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छ कि छैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा चर्चित कलाकार आर्यन सिग्देल, सुजल बम र मोनिका बोहरा साथै गायिका बरालले पनि अभिनय गरेकी छन् । गीत र म्युजिक भिडियो श्री ईश्वरी प्रडक्सन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।
म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखाना र थापाथलिस्थित चियावालाकोमा गरिएको छ।म्युजिक भिडियोको निर्देशन मुस्कान ढकाल, छायाङ्कन नवराज उप्रेती र कोरियोग्राफि शिशिर खातीले गरेका छन्।
विपिन आचार्यको शब्द,सङ्गीत र एरेन्ज रहेको म्युजिक भिडियोको रेकर्डिङ एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा गरिएको हो।
गायिका बरालका यस अघि बजारमा आएका नरिसाउन होइ, खानदानी छोरी लगायत गीतहरू चर्चित छन् ।
Jantedhunga
friday 07 jun 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो