काठमाडौ ।नेपाल मानव धर्म सेवा समितिले विश्व रक्तदाता दिवसको अवसर पारेर "रक्तदान महादान, आत्माज्ञान् अति महान, सेवा गर्ने हाम्रो अभियान" भन्ने मुलनाराका साथमा बृहत रक्तदान कार्यक्रम - २०८१ सम्पन्न गरेको छ ।
समितिले आज(असार १ गते) काठमाडौको कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्न ईच्छुक १४२ जना मध्ये प्रारम्भिक स्वास्थ्य परिक्षण पश्चात् ११३ जनाले रक्तदान गरेका छन् ।
यसैगरी आजै राप्ती भेरीका शाखा आश्रमहरूबाट ८३ जना र सेती क्षेत्र आश्रम अत्तरियामा २१ जना रक्तदाताले रक्तदान गरेको समितिको केन्द्रीय कार्यालय गौशालाले जानकारी दिएको छ ।
मानव धर्म सेवा समितिले हरेक वर्ष विभिन्न अवसर पारेर देशै भरिका आश्रमहरुमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ ।
नेपाल मानव धर्म सेवा समिति काठमाडौं यसअघिनै जिल्लामा अत्यधिक महिला रक्तदाताको रूपमा रक्तसञ्चार केन्द्रबाट पुरस्कृत भइसकेको छ ।
रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउन शुरु गरिएको हो
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो