काठमाडौँ —प्रहरीले संरक्षित बन्यजन्तु सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुको टोलीले काठमाडौको माछापोखरीबाट ७७० ग्राम सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खोटाङ दिप्रुङ चुइचुम्पा-२ का उमेश तामाङ र सिन्धुली, तीनपाटन-६ का मोहन पुलामी मगर रहेका छन् ।
आईयूसीएनले सालकलाई निकट भविष्यमै लोप हुनेसक्ने भनेर ‘क्रिटिकल्ली इन्डेन्जर्ड’ समूहमा समावेश गरेको छ भने सालक नेपालको संरक्षित वन्यजन्तु हो ।
पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय काठमाडौ बुझाइएको प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
monday 03 mar 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो