बलात्कार आरोपमा निजी बिधालयका शिक्षक पक्राउ

Jantedhunga

खोटाङ  । आफ्नै बिद्यालयकी १३ वर्षीया  छात्रालाई बलात्कार गरेको आरोपमा निजि बिद्यालयका एकजना शिक्षक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सदरमुकाम दिक्तेलस्थित दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत शिक्षक  टेकबहादुर खत्री रहेका छन् ।

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका -१ नेलेका स्थायी बासिन्दा खत्रीले  होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर फाल्गुन -९ गते जवरजस्ती करणी गरि ३ घन्टासम्म कोठामा बन्धक बनाएको भन्ने जाहेरीका आधारमा  आरोपित लाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पीडित परिवारले दिएको जाहेरी पछि आरोपित लाई पक्राउ गरिएको र  पीडित  बालिकाको जिल्ला अस्पताल खोटाङमा स्वास्थ परिक्षण पछि  घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया