जन्तेढुंगा संवाददाता
इटहरी । प्रेमीको कुरा काटेको निहुँमा सुनसरीको बराहक्षेत्रमा युवतीको एक समूहले अर्को समूहमाथि कुटपिट गरेको छ। पाँच जनाको समूहले तीनजना युवतीलाई सप्तकोसीको किनारमा निर्घात कुटपिट गरेको हो।
घटना शुक्रबार भए पनि भिडियो सामाजिक सञ्जालमा अहिले सार्वजनिक भएको हो। भिडिओमा आफ्नो कुरा किन भनेको भन्दै मुक्का र लात्ती हानेको देखिन्छ। कुट्ने र कुटिइनेहरू चिनजानकै साथी हुन्।
कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले एक युवती पक्राउ परेकी छिन्। बराह क्षेत्र नगरपालिका–९ कि १९ वर्षकी कृति लिम्बू पक्राउ परेकी हुन्।
ऊनीमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए। उनले भने, ‘‘प्रेमीको विषयमा कुरा काटेको निहुँमा कुटपिट गरेको भनिएको छ। एकजना पक्राउ परेकी छन्, चार जनाको खोजी भइरहेको छ।’’
Jantedhunga
tuesday 18 jul 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो