सुनसरीको हरिनगरामा अब धार्मिक कार्यक्रम गर्दा गाउँपालिकाको स्वीकृति अनिवार्य

Jantedhunga

सुनसरी संवाददाता

इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिकाले धार्मिक कार्यक्रम गर्दा पूर्व स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ । 

हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले एक सूचना जारी गर्दै अब उप्रान्त हुने कुनै पनि धार्मिक कार्यक्रम वा गतिबिधी सञ्चालन गर्दा पूर्व स्वीकृति लिनुपर्ने भएको छ । गाउँपालिका क्षेत्राधिकार तोकेर जारी उक्त पत्र अनुसार धार्मिक वा अन्य कुनै गतिविधी गर्दा पूर्व स्वीकृती लिएर मात्र गर्न गराउनु हुन सबैमा अनुरोध गरिएको छ । 


Jantedhunga
प्रतिक्रिया