बाजुराः बाजुरामा आइतवार (आज) एक बालिका मृत अवस्थामा फेला परेकी छन्।
जिल्लाको हिमाली गाउँपालिका–१ नेटाका तारा थापाकी १५ वर्षीया छोरी सर्पनशिला थापाको शव बिच्छिया खोलाको बिच भागमा आज बिहान फेला परेको हो। बालिका शनिबार साँझ हराएकी थिइन्।
उनको खोजतलास गर्दै जाँदा आज बिहान बिच्छिया खोलाको बिच भागमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Jantedhunga
sunday 03 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो