खोटेहाङ गाउँपालिकामा अत्यावश्यक बाहेक सबै सेवा स्थगन।

Jantedhunga

खोटाङ । खोटेहाङ गाउँपालिकाले आगामी मंसिर २० र २१ गते दुई दिन अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गर्ने भएको छ।

एक सुचना जारी गर्दै गाउँपालिकाले आयोजना गरेको खोटेहाङ गाउँपालिका कृषि मेला प्रदर्शन कारण अत्यावश्यक बाहेक सबै सेवा स्थगन गरिएको जानकारी गराएको छ।

गाउँपालिकाले आगामी २० र २१ गते कृषि उत्पादन लक्षित कृषि मेला प्रर्दशन गर्दैछ। विभिन्न बिधा अन्तर्गत गरिने उक्त मेलामा उत्कृष्ट उत्पादन प्रर्दशन गर्ने कृषकहरुलाई  नगद तथा प्रमाणपत्र सहित पुरस्कृत समेत गर्ने गाउँपालिकाले जनाएकोछ। जस अनुसार उत्कृष्ट खसी अन्तर्गत प्रथम, द्दितीय र तृतियलाई क्रमश : रु. १० हजार, ७ हजार र ५ हजार यसैगरी अन्य सबै उत्कृष्ट कृर्षि उपज तथा पशुपंक्षीहरुलाई क्रमश : रु. ५ हजार, ३ हजार र २ हजार नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गर्ने भएको हो।

साथै कृर्षि प्रर्दशनीमा सहभागी सबै कृषकहरुलाई यातायात खर्च स्वरुप प्रोत्साहन पुरस्कार समेत गाउँपालिकाले बितरण गर्ने निर्णय गरेको छ। वडा नं. १,२,३,५,६,८ र ९ बाट सहभागीहरु लाई रु. २ हजार तथा वडा नं. ७ र ४ को सहभागीहरुलाई रु. १ हजार नगद प्रोत्साहन पुरस्कार बितरण गर्ने भएको हो।

मंसिर २० गते कृर्षि उपज र २१ गते पशुपंक्षी प्रर्दशनी खोटेहाङ गाउँपालिका वडा नं. ७ खोटाङ बजार अन्तर्गत टुडिखेल खेल मैदानमा हुने गाउँपालिकाले जानकारी गराएको छ।


Jantedhunga
प्रतिक्रिया