पवित्रा गुरुङ द्वारा उत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल ।

Jantedhunga

काठमाडौ । नुवाकोटमा जन्मनु भएकी सुमधुर स्वरकी धनी गायिका पवित्रा गुरुङले उत्कृष्ट गायिकाको अवार्ड हात पार्न सफल हुनु भएको छ ।

नेपालमा सर्वाधिक रुचाइएको रियालिटी सो "The Voice Of Nepal" सिजन Four बाट गायन क्षेत्रको यात्रामा उदाउनु भएकी गायिका पवित्रा गुरुङले काठमाडौको नाचघरमा आयोजना गरिएको राष्ट्रिय आदिवासी फिल्म अवार्ड २०८० मा उहाँले सहजकुमार घले संगको संयुक्त रुपमा गाउनु भएको मनोज गुरुङको शब्द र कम्पोज अनि एरेन्ज तेजेन्द्र गुरुङ्ले गर्नु भएको गुरुङ भाषाको "लै सरा मुन" बोलको गित बाट उक्त अवार्ड जित्न सफल हुनु भएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई लगायतका आदिवासी स्रष्टाले करिब दुई दर्जन भन्दा बढि विधामा अवार्ड तथा संमान प्रदान गर्नु भएको थियो । समारोहमा शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बु, थकाली, नेवार र सुनुवार लगायतका कलाकारहरु आ-आफ्नो भेष भुषामा सजिएर आउनु भएको थियो ।

आदिवासी जनजातिको हकहितको लागि यो कार्यक्रमको आयोजना गरिएको क्वालिटी फिल्म्सका अध्यक्ष तथा चलचित्र निर्देशक उमेश गुरुङले बताउनु भएको छ ।

अवार्ड संयोजक शनि लिम्बुले आगामी दिनमा अझ धेरै भाषाभाषीको गित संगीतलाई अवार्डमा अटाइने बताउनु भएको छ । समारोहमा  विभिन्न आदिवासी कलाकारहरुको गायन र नृत्य प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रमको आयोजना आदिवासी जनजाती कलाकारहरुको गित तथा भिडियो रेकर्ड गर्दै आइरहेको "क्यालिटी फिल्म्स प्रालि" द्वारा गरिएको थियो ।

Jantedhunga
प्रतिक्रिया