कैलाली । कैलाली बाट लागू औषध सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। टीकापुर नगरपालिका–९ खक्रौलाको मुख्य डकखण्डबाट लम्की चुहा नगरपालिका–५ बस्ने १९ वर्षीय सुरज गिरीलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो। गिरीलाई १ ग्राम ४५० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यस्तै धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय रबि बुढा पक्राउ परेका छन्। बुढालाई १३० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
Jantedhunga
saturday 07 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो