दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामुदायिक बिधालयहरुलाई एक महिना चाडपर्व बिदा दिने।

Jantedhunga

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कार्तिका ३ गते देखि मंसिर ३ गतेसम्म एक महिना चाडपर्व बिदा गर्ने भएको छ। दशै, तिहार र छट पर्वलाई समायोजन गरि दशै देखि छटसम्म बिदा दिने भएको हो।

यस  अघि दशैँमा घटस्थापना देखि कोजाग्रत पुर्णिमासम्म १५ दिन, तिहारमा काग तिहार देखि भाइटिका सम्म ६ दिन र एक दिन छट पर्वलाई गरि छुट्टा छुट्टै बिदा दिदै आइएको थियो। अहिले भने दशै अघिको ५ दिन कटौती गरि दशैपछी थप गरिएको र अपुग ८ दिन हिउदे बिदाबाट कट्टा हुने गरि १३ दिन बिदा थप गरि दशैं देखि छट सम्म बिदा गर्ने गाउँपालिकाले निर्णय गरेको हो।

यस अघिको चाडपर्व बिदा अब्यबहारिक भएको भन्दै दशैँ - तिहारमा छोटो  समय बिध्यालय खुल्दा स्थानीय शिक्षक, बिध्यार्थीको ध्यान चाडपर्व तिरै जाने र टाढाका शिक्षक, कर्मचारीहरुले बिदा लिदा बिध्यालहरुमा शिक्षक, बिध्यार्थीको न्यून उपस्थिति भइ पठपाठन  प्रभावित हुने भएकाले एकमुष्ट बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राइले बताउनु भयो।


Jantedhunga
प्रतिक्रिया