नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा गेलाल र स्वास्थ्यकर्मी महासंघमा प्रधान निर्वाचित

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी महासंघ नेपालको प्रथम पालिका अधिवेशन सम्पन भएको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सभाहलमा खुल्ला सत्र कार्यक्रमको समापनपछि आजै सर्वसम्मत नेतृत्व चयन गर्दै बन्द सत्र कार्यक्रमसमेत सम्पन्न भएको हो। 

अधिबेशनको खुल्ला सत्र कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य चर्च बि.क., पुर्व जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश स्कुल बिभाग सचिव रामप्रसाद दंगाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको केन्द्रिय निर्वाचन आयोग सदस्य तथा नेपाल निजामति कर्मचारी संगठनको केन्द्रिय प्रतिनिधि तिर्थराज आचार्य, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको जिल्ला सहसचिव सचिन श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिवालय सदस्य लोकेन्द्र राई, ने.रा.शि. संगठन जिल्ला उपाध्यक्ष ईश्वरकुमार लम्साल, नेपाल निजामति कर्मचारी संगठनको जिल्ला सहल्कार सदस्य रामकाजी नेपाल, युवासंघ नेपालका नेता सोमराज राई, जिल्ला सहकारी बिभाग सचिव सुपेन्द्र राईलगाएतको विशेष उपस्थिति रहेको थियो।

अधिबेशनले नेपाल कर्मचारी संगठन अन्तरगत मुकेश गेलालको अध्यक्षतामा ११ सदस्य गाउँपालिका कार्य समिती सर्वसम्मत चयन गरेको छ। जसमा उपाध्यक्ष एल्बी मगर, सचिव यमनलाल श्रेष्ठ, सहसचिव भुपराज कटुवाल, कोषाध्यक्ष मिना तामाङ, सदस्यहरुमा सौरव राई, प्रतिभा राई, हरिहर दाहाल, शान्ता बि.क., जीवन घिमिरे, मणिराज मगर चयन गरेको हो। साथै शुवास राईको संयोजकत्वमा दिनेश बस्नेत र युवराज भट्टराईको तीन सदस्यीय सहल्कार समिती समेत गठन गरेको छ। 

यसैगरि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अधिबेशनले सुरेश प्रधानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती निर्माण गरेको छ। जसमा उपाध्यक्ष तेजबहादुर थापा, सचिव राजन दंगाल, सहसचिव रमेशकुमार यादव, कोषााध्यक्ष चन्द्रीमाया राई, सदस्यहरु जेनिसा राई, मिरा राई, शुशिला राई, बलराम मगर, निर्मला खत्री, कौशिला आचार्य र सहल्लाकार समिती संयोजकमा मुरारीप्रसाद सिग्देल, सदस्यहरु डा.मन्दिप उप्रेती, भक्तिराज राई र कैलास खत्री निर्वाचित भएका छन् ।



Jantedhunga
प्रतिक्रिया