स्रोत नखुलेको रकम सहित हुण्डी कारोबारी पक्राउ

Jantedhunga

मनोज कुमार यादव                  बिराटनगर। सशस्त्र प्रहरीले मोरङको बिराटनगर बाट स्रोत नखुलेको  १६ लाखभन्दा बढी   रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एकजनालाई   पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा विराटनगर–१५ रानीका ४०वर्षीय लक्ष्मणप्रसाद साह रहेका छन ।साहलाई बिराटनगर ७ प्रशासन चौक बाट  आज(मंगलबार)१६ लाख १० हजार  नगद र को १९ प ४४३४ नम्बरको  मोटरसाइकल सहित सशस्त्र प्रहरीले  पक्राउ गरेको हो । 

साहको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १ सय ६९, एक सय दरका ९ सय, ५० दरका ५, २० दरका १२ र १० दरको एउटा नोट बरामद भएको  सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले जानकारी दिएका छन।

Jantedhunga
प्रतिक्रिया